प्रस, वीरगंज, २ असार/
अमेरिकाली सरकारको अमेरिकाली विकास नियोगद्वारा नेपाल बाढी पीडित पुनरुत्थान कार्यक्रम
अर्न्तर्गत बारा जिल्लाको देवापुर टेंटामा निर्मित श्री पोषण लालजीत नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय, नेराप्रावि हरिहरपुरको विद्यालय
भवनको रिबन काटेर अमेरिकाली राजदूत स्कट एच डेलिसीले आज उद्घाटन गरे।
देवापुर टेंटामा अमेरिकाली दूतावासको टोली पुग्दा गाउंले, विद्यालय व्यवस्थापन समिति तथा विद्यार्थीहरूले ठूलो करतल ध्वनिका साथ स्वागत गरेका थिए। स्वागत समारोहमा अमेरिकाली राजदूतलाई विद्यालय सञ्चालक समितिका अध्यक्ष्ँ सत्यनारायणप्रसाद यादव तथा गाविस सविचले छुट्टाछुट्टै अभिनन्दन पत्र पढेर हस्तान्तरण गरेका थिए।
सो अवसरमा राजदूत डेलिसीले अमेरिकाले विगत ५० वर्षेखि नेपाललाई सहयोग गर्दै आएको क्रममा दुइ वर्षअगाडि आएको बाढीबाट प्रभावित गाविसलाई लक्ष्ँित गरी विकास निर्माणको काममा सघाउ पुर्याउने उद्देश्यले स्थानीय जनताको चाहना अनुसार विद्यालय भवन निर्माणमा सहयोग पुर्याएको बताउंदै विद्यालय भवनको छतमा नेपाल-अमेरिकाको फरफराइरहेको झन्डालाई इ·ति गर्दै दुइ देशबीच त्यस्तै उत्साहजनक सहयोगको अटुट भावना रहिरहने उद्गार व्यक्त गरेका थिए।
राजदूत डेलिसीले नेपाल बाढी पीडित पुनरुत्थान कार्यक्रम अर्न्तर्गत नदी नियन्त्रण, पुल-कर्ल्भर्ट निर्माणलगायत सरसफाइ, स्वास्थ्य, किशोरी सचेतना, तथा संस्थागत विकासका लागि अमेरिकाली सहयोग नियोग केन्द्रित रहेको बताएका थिए।
लगत्तै दूतावासको टोली नेराप्रावि, हरिहर पुगेको थियोे, जहां राजदूतले नवनिर्मित दुइतल्ले विद्यालय भवनको रिबन काटेर उद्घाटन गरे। विद्यालय सञ्चालक समितिले आयोजना गरेको स्वागत समारोहमा सम्मिलित भई टोली मटिअर्वाको निलकन्ठस्थित श्री र्सार्वजनिक प्रावि भवन पुगेको थियो।
राजदूत डिलिसीले सबै विद्यालयका विद्यार्थीहरूसंग अन्तर्त्रिmया गरेर परिश्रम साथ अध्ययन गर्न, देशको लागि काम गर्न, समुदायलाई बलियो बनाउन एकजुट भएर लाग्ने सन्देश दिएका थिए।
राजदूत डेलिसी आजै भलुही भरवलियाको अकवनिया टोल पुगेर त्यहां निर्मित नदी नियन्त्रण र तटबन्धको निरीक्ष्ँण गरेका थिए। सोही टोलका निम्न आय भएका किसानहरूलाई कार्यक्रम अर्न्तर्गत उन्नत तरकारी खेती गर्न तालिम दिएर बीउ, पम्पसेट प्रदान गरिएको स्थलगत निरीक्ष्ँण पनि राजदूतले गरेका थिए। राजदूत डेलिसीले त्यहां पनि गाउंले किसानसंग अन्तर्त्रिmया गर्दै सबैले अहिलेसम्म जसरी सामूहिक रूपमा तरकारी खेती गरी आफनो जीवनस्तर उचालेका छन्। सोही भावनाअनुसार भविष्यमा पनि काम गर्दै जान सल्लाह दिएका थिए। गाउंले किसानको विभिन्न समस्याहरूलाई सम्बोधन गर्दै राजदूतले सबै समस्या अरूले समाधान गरिदिने होइन, आफैं सक्ष्ँम भएर एकजुटता देखाएर आफनो, समुदायको अनि राष्ट्रको लागि काम गर्नुपर्छ भनेका थिए।
बारा जिल्लाको सम्पूर्ण कार्यक्रममा उनका साथ उनकी पत्नी लिया डेलिसीलगायत दूतावासका अधिकृतहरू तथा बारा, पर्साका सञ्चारकर्मीहरू सहभागी थिए।
अमेरिकी विकास नियोगले नेपाल बाढी पीडित पुनरुत्थान कार्यक्रम अर्न्तर्गत पर्सा, बारा तथा रौतहट जिल्लामा २०६५ असारदेखि २०६७ जेठसम्म झन्डै रु. १० करोडको लगानीमा स्कूल भवनहरू, पुल, कर्ल्भर्ट निर्माण, ग्राभेलिङ, नदी नियन्त्रण, उन्नत तरकारी खेती प्रविधि विकास, तथा स्वास्थ्य, सरसफाइ, किशोरी चेतना कार्यक्रम सम्पन्न गरेको छ।