Posts

Showing posts from June, 2010

मठको जग्गामा भूमाफियाको आंखा

करोडौंको सार्वजनिक सम्पत्तिमा व्यक्तिको दाबी प्रस, पर्सा, १५ असार/     स्वर्गीय महन्थ लक्ष्मीनारायण मठ, मठियानी महोत्तरीका महन्थ स्वर्गीय कौशलकिशोर दासको नाममा वीरगंजमा रहेको करोडौं मूल्य पर्ने करिब साढे चार बिघा जग्गामा भू-माफियाहरूको चलखेल बढिरहेको एक स्रोतले जनाएको छ।     स्रोतकै अनुसार स्वर्गीय महन्थ कौशलकिशोर दासको नाममा दर्ता रहेको हाल वीरगंज हाल वीरगंज उपमहानगरपालिका-२ इनर्वास्थित प्रहरी चौकीदेखि पूर्वको जग्गामा भूमाफियाहरूले चलखेल बढाएपछि स्थानीय प्रशासन चनाखो भएको छ।     भू-माफियाहरूले लक्ष्मीनारायण मठ मठियानीका महन्थ जगन्नाथ दासको नाममा सर्वप्रथम सो जग्गा नामसारी गराउने र महन्थको व्यक्तिगत नाममा नामसारी भएर आएपछि आफूहरूले खरिद गरेर पल्टि· गरेर बिक्री गर्ने योजना बनाएका छन्।     मठको नामको जग्गा मठकै नाममा दर्ता रहेको अवस्थामा बिक्री गर्न नपाउने तर महन्थको नाममा दर्ता भए व्यक्ति सरह खरिद बिक्री गर्न पाइने हुंदा भू माफियाहरूले चलखेल गरिरहेको स्रोत बताउंछ ।     रक्सौलस्थित राजदूतावासदेखि ठीक उत्तर नदी किनारसंग टांसिएको र इनर्वा प्रहरी अस्थायी पोस्टदेखि पश्चिम साबिक इनर्वाभ

विद्यार्थी कुट्ने शिक्षकलाई अदालतद्वारा जरिवाना

प्रस, वीरगंज, १५ असार/     विद्यार्थीलाई कुटपीट गरी यातना दिएको अभियोगमा एक शिक्षकलाई  पर्सा जिल्ला अदालतले दण्ड-जरिवाना गरेको छ।     पर्सा, अमरपट्टी इटियाहीस्थित नेपाल स्काउट प्राथमिक विद्यालयमा अध्ययनरत छात्र प्रदीप पटेललाई सोही  विद्यालयका शिक्षक आनन्दकुमार चौरसियाले कुटपीट गरी यातना दिएको अभियोगमा मुद्दा चलिरहेको थियो। पर्सा जिल्ला अदालतका माननीय न्यायाधीश अजयराज उपाध्यायको एकल इजलासले आज शिक्षक चौरसियालाई दुइ सय रुपियां दण्ड जरिवाना गर्ने र घाउ खर्च बापत लागेको रकम भराउने फैसला गरेको छ।     पीडित छात्र पटेलको तर्फबाट सामुदायिक कानुन अनुसन्धान केन्द्र पर्साका अधिवक्ता हरेराम र्सराफले बहस गरेका थिए।     शिक्षकको कुटाइबाट कक्षा १ मा अध्ययनरत ६ वर्षर्ीय बालक पटेलको टाउको फुटेको कुरा जाहेरीमा उल्लेख छ।

बिरामीको उपचार गर्न धामी नियुक्त

गोकुल घोरसाइने, निजगढ     बिरामीको उपचार गर्न अन्यत्र गाउंमा अस्पताल खोलेर चिकित्सकहरू भर्ना गर्ने गरिन्छ। तर बाराको तेतरिया गाविस-२ का बासिन्दाले ँधामी’ नियुक्त गरेर गाउंका बिरामीलाई उपचारको नाममा झारफुक गराउंदै आएका छन।       गाउंलेहरूले स्थानीय ४५ वर्ष बिप्तिदेवी चौधरीलाई झारफुक गरेर रोग बिसेक पार्न ँधामी’ नियुक्त गरेका हुन्। यसअघि गाउंमा ँधामी’ को जिम्मा सम्हाल्दै आएका आशा महतोको मृत्यु भएपछि गाउंलेहरूको अनुरोधमा बिप्तिले ५ वरर््ष्ा अघि यो जिम्मा सम्हाल्दैआएकी छन्।      "गाउंका मान्यजन सबैले घरमा आएर अनुरोध गरे"- बाल्यकालदेखि गाउंमा तन्त्रमन्त्रबाट बिरामीको उपचार गर्दै आएकी बिप्तिले बताइन्-"तपाईंले नै जिम्मा लिनर्ुपर्छ भनेर सबैले कर गरेपछि धामी बनेर बिरामीको सेवा थालें। अघिल्ला धामी आशाको मृत्युपछि धामी बन्ने होडमा रहेका गाउंका महावीर धानुकसंग प्रतिस्पर्धामा बिप्तिले नियुक्ति पाएकी हुन्। "तन्त्रमन्त्रमा बढी ज्ञान भएको भनेर अधिकाशंले रुचाएपछि बिप्तिलाई छानिएको स्थानीय जनक चौधरीले बताए। धामी बन्न नपाएपछि धानुकले भने पेशा नै त्यागेको चौधरीले जानकारी दिए।     बा

राजनीति नै सधैं दोर्षी हुन्छ र ?

-शंकरमान श्रेष्ठ     राजनीतिको गुण भनौं वा अवगुण शक्तिलाई शाश्वत ठान्ने र मान्नेहरूबीच लामो समयसम्म सम्बन्ध अटुट हुन सक्तैन। कुनै निश्चित उद्देश्य प्राप्तिको समयमा वा पार्टीको निर्माण गर्ने बेलामा त्यस्ता राजनैतिक प्राणीहरूबीच बडो आत्मीय सम्बन्ध कायम हुने गर्दछ। त्यसबेला उनीहरूबीच सैद्धान्तिरूपले मात्र मात्र नभई भावनात्मक रूपले समेत एक आपसमा सम्बन्ध गांसिने गर्दछ। यस प्रकारको उदाहरणहरूको रूपमा कुनै पनि देशको व्रि्रोह, आन्दोलन र पार्टीको जन्मकालको अवस्थालाई अध्ययन र मनन गर्दा जान्न र बुझन सकिन्छ।     कुरा भारतकै स्वतन्त्रता सङ्ग्रामको बेलाको गरौं। त्यस बेला अङ्ग्रेजविरुद्ध नेहरू र जिन्नाबीच बडो आत्मीयता थियो। तर भारत स्वतन्त्र हुनुपूर्व नै ती दुवै नेताबीच ठूलो खाडल देखा पर्‍यो। स्वतन्त्र देशको अडानमा मोहम्मद जिन्ना थिए। परिणाम आजसम्म भारत र पाकिस्तानको राजनैतिक सम्बन्धलाई नियाल्दा सहजै बोध गर्न सक्छौं।     चर्चा रूसको क्रान्तिपश्चात्को अवस्थालाई अध्ययन गर्दा पनि नेताहरूबीचको सम्बन्धलाई सहजै बोध गर्न सक्छौं। लेनिनको मृत्युपश्चात ट्राटस्की, ख्रुस्चेव, स्टालीनबीच शक्ति संघर्र्षको रूप र स

किसानप्रति सरकारी कपट

    पहिले-पहिले राजनीतिक व्यङ्ग्यका रूपमा दुइवटा कार्टुन निकै चर्चित थिए। एउटामा बांधिएको बाख्राको अगाडि घांसको थुप्रो लगाइएको हुन्थ्यो, तर घांससम्म बाख्राको पहुंच थिएन र अर्कोमा दुइवटा बाख्रा एउटा डोरीमा बांधिएका हुन्थे, किलो थिएन। तिनका मुख विपरीत दिशामा दुइवटा घांसको थुप्रोमाथि हुन्थ्यो। एकले आफनो दिशाको घांस खान जोर लगाउंदा अर्कोले घांस खान पाउंदैनथ्यो। पहिलो कार्टुन अधिनायकवादी राजनीतिक व्यवस्थाप्रति व्यङ्ग्य थियो भने दोस्रो लोकतान्त्रिक व्यवस्थाप्रति। बाख्रारूपी जनतालाई स्वार्थको डोरीले यसरी बांधिदिइएको छ कि आपसी हानाथापमा दुवै बाख्राले घांस खान पाउंदैनन्। अहिले अनायास ती कार्टुनहरूको सम्झना किन भयो भने माधव नेपालले नेतृत्व गरेको सरकारले, बारा जिल्लाका मकै पीडित किसानहरूको लामो संघर्र्षको फलस्वरूप राहत दिने निर्णय त गर्‍यो तर कसरी भने किसानले राहत पाउनै सक्दैनन्। राहत दिनु नै थियो भने नगदमा दिंदा ब्रि्रने त केही थिएन। सरकारले जिन्सीमा दिने फैसला गर्‍यो तर जिन्सीमा दिनका लागि यावत सरकारी नियम पुर्‍याउनुपर्ने र त्यसका लागि समय अभाव छ। रकम फि्रज हुने अवस्था उत्पन्न भएको छ।     बारा

सरकारले मकैपीडित किसानसंग झेल गर्‍यो

Image
राहत रकम फि्रज हुने अवस्थामा प्रस, कलैया, १४ असार/     सरकारले हिउंदे मकैपीडित बाराका ११ हजार सात सय ५०  किसानलाई १२ करोड ८३ लाख रुपियां बराबरको जिन्सी सहयोग उपलब्ध गराएकोमा सो रकम प्रिmज हुने समस्या भएको छ। सरकारी आरि्थक नियम अनुसार नगदमा कृषकलाई राहत उपलब्ध नगराएर जिन्सीमा उपलब्ध गराउंदा रकम प्रिmज हुने खतरा बढेको हो।     सोमवार पत्रकार सम्मेलन गरी जिल्ला कृषि विकास कार्यालय बाराका वरिष्ठ कृषि विकास अधिकृत युगलकिशोर तिवारीले यस्तो बताएका हुन् । तिवारीका अनुसार कृषकहरूलाई रासायनिक मल, बीउ र विषादिमा प्रतिहेक्टर रु. आठ हजार बराबरको राहत दिन सरकारले जेठ २५ गते कृषि विकास कार्यालय, बारालाई रकम उपलब्ध गराएको छ ।     सरकारले उपलब्ध गराएको रकममध्ये ७० प्रतिशत खर्च गर्न सकिने बांकी ३० प्रतिशत रकम खर्च हुन नसक्ने र प्रिmज हुने अवस्था रहेको तिवारीको भनाइ छ। सरकारले धानको बीउका लागि उपलब्ध गराएको रकम बीउ किन्न नसक्दा समस्या भएको हो। किसानहरूले धानको बेड लगाइसकेकोले सो समस्या आएको हो।  बीउको लागि आरि्थक नियम अनुसार बोलपत्र आहवान गर्नुपर्ने र सोको लागि प्रशस्त समय चाहिने तिवारीले बताए। सरकारल

हिन्दू युवा सङ्घको बन्द फिर्ता

Image
पक्राउ परेकालाई रिहा गर्न दबाब प्रस, पर्सा, १४ असार/     हिन्दू युवा सङ्घले आह्वान गरेको वीरगंज बन्द फिर्ता लिएको छ। सङ्घका अध्यक्ष काशी तिवारीको हत्याको विरोधमा दोषीलाई कारबाई, मृतकलाई शहीद घोषणा र पीडित परिवारलाई क्षतिपूर्तिको माग राखी दुइ दिनदेखि वीरगंज बन्द गराउंदै आएको सङ्घले स्थानीय प्रशासनसंग मौखिक र लिखित सहमति भएपछि अपराह्न चार बजेदेखि बन्द फिर्ता लिएको हो।     सङ्घका वरिष्ठ सल्लाहकार ज्योतिलाल साहले बताएअनुसार सात दिनभित्र शहीद घोषणा र पीडितलाई क्षतिपूतिबारे टुङगो लगाउने मौखिक सहमति भएको छ ।     त्यस्तै हत्यामा संलग्न रहेको आशड्ढा गरिएका वीरगंजका चारजना र रौतहटका एकजनाविरुद्ध जाहेरी दर्ता भएको छ। जाहेरी दर्ता भएपछि सङ्घले बन्द फिर्ता लिएको हो।      अज्ञात समूहको गोलीबाट मारिएका काशी तिवारीको आज स्थानीय रानीघाटमा अन्तिम संस्कार भएको छ।     यसैबीच ज्रि्रका पर्साले तिवारीको हत्यामा संलग्न रहेको आशड्ढामा पक्राउ गरेको भोजपुरा राज्य समितिका सदस्य जालिम मियां र माओवादी समर्थक मन्सद मियां, सुभाष पटेललाई अविलम्ब रिहा गर्न अखिल क्रान्तिकारी पर्साका अध्यक्ष अमिताभ बच्चनले माग गरेक

पूर्व राजाको मधेसमोहले उब्जाएको तरङग

-वीरेन्द्र यादव     २०६१ माघ १९ मा निर्वाचित सरकारलाई अपदस्त गरी गैरसंवैधानिक तरिकाले शासन सत्ता हातमा लिएपछि पनि एकपटक ज्ञानेन्द्र शाह वीरगंज आएका थिए। त्यसबखत टण्टलापुरको घाममा हजारौ नागरिक घण्टाघरदेखि माइस्थानसम्म हातमा फूलको गुच्छा लिएर करिब दिनभरि उभिएका थिए तर उनले नागरिकको स्वागत ग्रहण गरेनन्। गाडीबाट भुइंमा खुट्टा पनि टेकेेनन्, नागरिकको आस्थाको बेवास्ता गर्दै फिर्ता भएका थिए। संविधानसभाको २०६५ जेठ १५ गतेको पहिलो बैठकको निर्ण्र्ााे २४० वर्षको राजतन्त्र अन्त्यपछि मुलुक गणतन्त्र भएको छ। राजपरिवारका सदस्यहरू सामान्य नागरिक भएका छन्। राजाबाट समान्य नागरिक बनेका ज्ञानेन्द्र शाहमा अचेल मधेसमोह अत्यधिक देखिएको छ। कहिल्यै नपुगेको मन्दिरहरू पुगेर पूजाआजा गरेका छन् भने वीरगंजजस्तो उपेक्षित शहरमा चार दिन बसेर जनसर्म्पर्क बढाएका छन्।  जनकपुर, नेपालगंज, वीरगंज घुमेर विन्ध्यवासिनी, गढीमाई  र परवानीपुरको मन्दिर उद्घाटन गर्दै एम्बुलेन्स सहयोग गरेर मधेसप्रति उदारता देखाएका छन्। उनको मधेसमोहले राजावादीहरू निकै उत्साहित भएर राजतन्त्र आउने सपना देख्न थालेका छन् भने गणतन्त्रवादीहरू राजा शक्तिमा आउन

ठगिने गाउंको जनता

    सोमवारको समाचारपत्रमा बाराका दुइवटा समाचार छापिएका छन्। पहिलो पृष्ठमैं छापिएका समाचारबाट नेपालमा नागरिक कति निरीह छ र राजनीतिक दलका सामान्य कार्यकर्ताहरू कति हक्की हुन्छन् भन्ने कुराको बोध  हुन्छ। एउटा समाचारमा राजनीतिक दलहरूका कार्यकर्ताहरू गाविस प्रतिनिधि बन्न घूस ख्वाउंछन् भन्ने आरोप एकजना गाउंलेले लगाएका छन् भने अर्को समाचारमा ४१ वटा गाविसहरू न्यूनतम शर्त मापनमा असफल भएका हुंदा उनीहरूले पाउने थप अनुदान गुमेको छ। अनुदान गुमेका गाविसहरूले सरकारबाट कुनै अनुदान नै पाउंदैनन् भन्ने कुरा चाहिं होइन। साबिक बमोजिमको अनुदान त पाउंछन् नै, जुन झन्डै १० लाख जति हुन्छ। अधिकार र स्रोत विकेन्द्रीकरण गर्ने उद्देश्यका साथ सरकारले राम्रो काम गर्ने, र न्यूनतम शर्त मापन गर्ने गाविसहरूलाई थप रकम दिन्छ। रकम खान पल्केका गाविस प्रतिनिधिहरू र गाविस सचिवहरूले थप अनुदान किन गुमाउन खोजेका होलान् त, स्वाभाविक प्रश्न उठ्छ। घूस खाने वा ख्वाउने सामान्य सिद्धान्त हो जति बढी रकम त्यति बढी घूस वा कमिशन।     प्रायः हामीकहां समाचारमा आइरहने विषय हो, गाविस सचिवहरूले राजनीतिक दलका कार्यकर्ताहरूसंग, जो स्थानीय निकायक

हिन्दू युवा सङ्घका अध्यक्षको हत्याको विरोधमा सङ्घद्वारा बजार बन्दको आह्वान

Image
प्रस, पर्सा, १३ असार/     हिन्दू युवा सङ्घ नेपालका अध्यक्ष काशी तिवारीको हत्याको विरोधमा आज वीरगंज बजार बन्द रह्यो।     हत्यारालाई कारबाई, मृतकलाई शहीद घोषणा, परिवारलाई क्षतिपूर्तिको माग राख्दै अनिश्चिकालीन बन्द घोषणा गरेको कारण शिक्षण संस्था सरकारी कार्यालय, वित्तीय संस्था, यातायात बन्द भएका थिए।     अध्यक्ष तिवारीको शवलाई गीतामन्दिरमा राखेका सङ्घका कार्यकर्ताले दिउंसो शव प्रदर्शन गर्दै घण्टाघरमा राखेर सडक अवरोध गरेका थिए।     घटना नियन्त्रणमा राख्न आज सुरक्षा बल परिचालन गरिनुका साथै जिल्ला प्रशासनमा सुरक्षा समितिको बैठक बसेको थियो।     बैठकमा समितिले हिन्दू युवा सङ्घका कार्यकर्ताहरूलाई बोलाएर नगरको शान्ति नखल्बलाउन आग्रह गर्दै हडताल फिर्ता लिन आग्रह गरेका थिए। सङ्घले हत्यामा संलग्न रहेको सात जनाको नाम किटानी दिंदै पक्राउ गरी कारबाई नहुञ्जेल बन्द हडताल फिर्ता नलिने अडान राखेको हुंदा छलफल निष्कर्षीन भएको थियो।     छलफलका क्रममा सङ्घका कार्यकर्ताले तिवारीको हत्यामा ए. माओवादी कार्यकर्ताको हात भएको दाबी गरेका थिए। सङ्घका वरिष्ठ सल्लाहकार ज्योतिलाल कलवारले तिवारीको हत्या ए. माओवादील

न्यूनतम शर्त मापनमा असफल हुंदा बाराका ४१ गाविसले अनुदान गुमाए

Image
प्रस, कलैया, १३ असार/     बाराका गाविसहरू न्यूनतम शर्त मापनमा असफल भएका हुंदा जिल्लाले करोडौंको अनुदान गुमाएको छ।  उक्त कुरा आइतवार कलैयामा पत्रकार सम्मेलन गरी जिल्ला विकास समिति, बाराका सूचना अधिकृत भरत यादवले जनाएका हुन्। आर्थिक वर्ष०६५/०६६ मा ९८ गाविसमध्ये ४१ गाउं विकास समिति न्यूनतम शर्त मापनमा असफल भएको पत्रकार सम्मेलनमा जनाइएको छ।     असफल हुने गाविसमा खोपवा, पिपरा बसतपुर, टेढाकट्टी, इनर्वामाल, भगवानपुर, प्रि्राढी, लक्ष्मीपुर कोतवाली, अमृतगंज, तेतरिया, कबहीगोठ, बबुआइन, बिसुनपुर, दक्षिण झिटकैया, परसौनी, भलुही भरवलिया, पुरैनिया रहेका छन्। यसैगरी रौवाही, बहुअरी, रघुनाथपुर, पिपरपाति जब्दी, कबही जब्दी, पथरा, उचिडीह, गोलागंज, बरियारपुर, प्रि्राविर्ता, मधुरी जब्दी, अमरपट्टी, डुमरवाना, मनहर्वा, उत्तर झिटकैया, भोडाहा, दोहरी, बघवन, रामपुर टोकनी , छाताप्रि्रा, सिसहनिया, छतवा, बरैनिया, भवानीपुर जितपुर, कचोर्वासमेत असफल भए। भवानीपुर  जितपुर र कचोर्वा  गाविसले  कुनै पनि विवरण उपलब्ध नगराएको कारण असफल भएका हुन्। आर्थिक वर्ष०६४/०६५ मा जिल्लाको ३१ गाविस असफल भएका थिए। असफल हुनेमा सिहासनी, पिपरा

सिमरा चोक-सिमरा विमानस्थल लिंक रोड निर्माण

Image
प्रस, जीतपुर, ११ असार/     सिमरा विमानस्थल धावनमार्ग (रन वे) को मरम्मतसहित सिमरा चोक- सिमरा विमान स्थल लिंक रोड तथा ढल निकासको निर्माण काम अन्तिम चरणमा पुगेको उद्योग वाणिज्य सङ्घ सिमराका निवर्तमान अध्यक्ष रेशम तिवारीले बताएका छन्। एक हजार दुइ सय मिटर लामो र ३४ मिटर चौडा सिमरा विमानस्थल धावन मार्गको कालोपत्रे निर्माण काम हालै सम्पन्न भएको छ।     त्यसैगरी तीन सय पचास मिटर लामो र ७ मिटर चौडा लिंक रोडको दुवैतर्फो पक्की ढल, निकास नाला निर्माण पूरा भएको छ भने सो लिंक रोड कालोपत्रे तीव्र गतिमा सञ्चालन भएको छ। केही दिनभित्र निर्माण काम पूरा गर्ने सिमरा विमानस्थल कार्यालयका प्रमुख मोहम्मद अलि हसनले बताए।     सिमरा  चोक-सिमरा विमानस्थल लिंक रोड व्यवस्थित नहुंदा वषर्ाको बेला सडक हिलाम्म हुन्थ्यो जसले गर्दा यात्रु सहित स्थानीय बजार, व्यवसायी, विद्यार्थी, पीडित भएका थिए। उद्योग वाणिज्य सङ्घ, सिमराको प्रयास र सिमरा विमानस्थल कार्यालयको सहयोगमा सो निर्माण  काम पूरा भएको सिमरा जीतपुर नागरिक समाजका संयोजक पूर्णप्रसाद चिमोरियाले बताएका छन्।

सिकाइका लागि समय व्यवस्थापन

Image
-अनन्तकुमार लाल दास     कुनै पनि क्रियाकलापको आरम्भ हामीले कार्ययोजना तयार गरी गर्र्छौं भने निश्चित सफलता हासिल हुन्छ तर कार्ययोजना निर्माण गर्नु जति सजिलो छ त्यति नै पालन गर्नु कठिन। यस कारण विद्यार्थीहरू प्रायः यस झन्झटमा पर्न चाहंदैनन् र शिक्षकहरू पनि विद्यार्थीहरूलाई यर्सतर्फ उत्पे्ररणा प्रदान गर्दैनन्। वर्तमान युग व्यवस्थापनको युग हो। आज जसले आफूलाई व्यवस्थित गर्न सक्यो ऊ नै जीवनको हरेक क्षेत्रमा सजिलैसंग सफल हुन सक्छ। यस आलेख मार्फत् सिकाइका लागि समय व्यवस्थापन गर्ने छलफलको जमर्को गरिएको छ किनभने विद्यार्थीहरूका लागि समय व्यवस्थापन नितान्त महत्त्वपूर्ण पक्ष हो जसबाट उनीहरू प्रतिस्पर्धासंग जुध्न सक्छन्।     सिकाइका लागि समय व्यवस्थापन कला विकसित गर्नु एउटा यात्रा जस्तै हो जुन यस आलेखमार्फत सुरु गर्न सकिन्छ तर यात्राको क्रममा अभ्यास र पटक-पटकको मार्गदर्शनको आवश्यकता पर्न सक्छ। यसको लागि सबैभन्दा पहिला लक्ष्य तयार गर्नुपर्छ अर्थात् तपाईंको गन्तव्य के हो - लक्ष्य प्राप्तिका लागि के-के स्रोतहरू उपलब्ध छन् - यस क्रममा प्राथमिकताको सूची, साथीहरूसंग सहयोग, परिवारबाट निर्देशन, कामको बोझ

तिवारीको हत्या र सुरक्षा

    हिन्दू युवा सङ्घ, नेपालको अध्यक्ष काशी तिवारीको आपराधिक समूहको गोली प्रहारबाट हत्या भएको छ। २४ घण्टा बितिसक्दा पनि हत्यारा समूहले हत्याको जिम्मेवारी लिएको छैन। यता प्रहरीले सडकमा हिंडेका मोटरसाइकल यात्रीको शरीर छाम्ने कामभन्दा वरको सिन्को पर र्सार्न सकेको छैन। तिवँरी राजनीतिकरूपले कम अवधिमैं चर्चामा आएका हुन्। थोरै अवधिमा पनि तिवारीको क्रियाशीलता स्वाभाविकभन्दा बढी थियो। खासगरी माओवादी आमहडतालदेखि चर्चाको शिखर चढ्न थालेका तिवारीको पूर्वराजा ज्ञानेन्द्र, पूर्व युवराज पारस, हिन्दू राष्ट्रवादी राजावादी नेता कमल थापासंगको बढ्दो निकटता र उनीहरूको वीरगंज भ्रमणले पनि चर्चा पाएका थिए। हरेक राजनीतिक धार, विचार, वाद लोकतन्त्रका गहना हुन्। उनीहरूको समाजमा खिल्ने, फुल्ने मौका पाउनर्ुपर्छ, रोज्ने दायित्व नागरिकको हो। तिवारीको हत्या राजनीतिक कारणले भएको हो या अन्य कुनै कारणले त्यो कुरा अहिले अंध्यारोमा छ।     वीरगंजको सर्न्दर्भमा गोली प्रहार, बम विस्फोट र हत्या नौलो कुरा होइन। तिवारीको हत्या र अन्य हत्याहरूको अवस्था अलि फरक छ। विगतका अधिकांश हत्याहरू झुक्याएर गरिएका थिए। सतर्कता अपनाउने मौका नप

हिन्दू युवा सङ्घका अध्यक्ष काशी तिवारीको हत्या

Image
प्रस, पर्सा, १२ असार/     हिन्दू युवा सङ्घका केन्द्रीय अध्यक्ष काशी तिवारीको आज गोली हानी हत्या भएको छ।     वीउमनपा वडा नं.१४ स्थित खडगेश्वर बाबा मठमा सामाजिक पञ्चायती गरेर फर्कने क्रममा बेलुकी  सवा पांच बजेको समयमा तिवारीमाथि गोली प्रहार भएको थियो। मठनजिक रहेको उनको घर र मठको बीचमा पुग्दा पैदल आएका दुइ अज्ञात युवकले पछाडिबाट तीन राउन्ड गोली प्रहार गरी नम्बर नखुलेको मोटरसाइकलमा  फरार भएको प्रत्यक्षदर्शीले बताएका छन्। दुइजना व्यक्ति पैदल रहे पनि एकजना मोटरसाइकलमा रहेको र भाग्ने क्रममा तीनैजना सोही मोटरसाइकलमा फरार भएको बताइएको छ। तिवारीको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनलाई पिठ्यूमा गोली लागेको थियो।     घटनालगत्तै प्रहरीले सुरक्षा कडा गरेको दाबी गरेको छ। तर घटनाका अभियुक्तहरू भने फेला परिसकेका छैनन्। प्रहरीले अध्यक्ष तिवारीलाई अज्ञात व्यक्तिबाट धम्की दिने कार्य भइरहेको आज मात्र घरपरिवारबाट थाहा भएको बताएको छ। धम्कीबारेमा प्रहरीलाई समयमा सूचित नगरिएको प्रहरीको भनाइ छ।     हिन्दू युवा सङ्घका वरिष्ठ सल्लाहकार ज्योतिलाल कलवारले भने अध्यक्ष तिवारीको हत्या

विद्यालय नगई सुर्तीको रागमा श्रम गर्दै बालबालिका

Image
प्रकाश लम्साल, बारा, १३ असार/     घरमा कामको चटारो परेपछि आफना सन्तानलाई विद्यालय नपठाइ आफूसंगै सुर्तीको विषाक्त रागमा श्रम गराउन बाध्य पार्छन् बारा टांगिया बस्तीका अभिभावकहरू।     वर्षा एकै बाली मात्रै हुने सुर्ती वैशाख र जेठ महिना सुकाउने समय भएकोले सुर्तीको पात उनेर मुठ्ठा बनाउन यहांका अभिभावकहरूले आफना बालबालिकालार्इर्र्विद्यालय जान रोकी आफूसंगै काम गर्न बाध्य पार्ने गरेका छन्।     मङ्सिरमा रोपेको सुर्ती वैशाख, जेठमा सुकाउने समय हुंदा अधिकांश बालबालिकालाई अभिभावकले नै कक्षा छुटाइ आफूसंगै काममा लगाउंछन्। स्थानीय कृष्ण माझी भन्छन्- यो समय कामको चटारोले गर्दा अधिकांश परिवारका बच्चादेखि बूढाबूढीसम्म सुर्ती टिप्ने, सोर्ने, उन्ने र बटार्ने गर्छन्।     टांगिया बस्तीका अधिकांश साना कक्षाका बालबालिकाहरू यतिबेला विद्यालय जान छाडेका छन्। सरकारले देशभर विद्यार्थी भर्ना अभियान चलाए पनि यस बस्तीमा यो अभियान पुगेको पाइंदैन।     सुर्तीको कडा रागबाट बचाउनुपर्ने बालबालिकालाई आफनै अभिभावकले रोगतर्फधकेलेका छन्।     सिमरा अस्पतालका डा. मुकेश जैसवाल भन्छन्- सुर्तीको विष्ँाक्त रागले बच्चाहरूमा स्वा

नौ पदक जितेर चितवन प्रथम

प्रस, बारा, १२ असार/     बाराको निजगढमा शनिवार सम्पन्न नारायणी अञ्चलस्तरीय तेक्वान्दो प्रतियोगितामा ७ स्वर्ण  ९ पदक हात पारेर चितवन जिल्ला प्रथम भएको छ। चितवनको लागि ३६-४० केजी तौल समूहमा सुनिल परियार, ४५-५० केजी समूहमा शेखर उप्रेती, ५०-५४ केजी समूहमा अरूण अधिकारी, ५४-५८ केजी समूहमा सुरेन्द्र चौधरी, ६२-६७ किलोमा सञ्जयभक्त उदास, महिलातर्फ३६-३९ केजी समूहमा गङगा खड्का र ४३-४७ केजी समूहमा पार्वती गुरूडले स्वर्णपदक दिलाएका थिए। रक्षा गुरूङ र विपिन घलेले चितवनको लागि कास्यपदक दिलाएका छन्।     त्यसैगरी तीन स्वर्णपदक २ रजतपदकसहित ५ पदक हात पारेर बाराको बागदेव डोजाङले दोस्रो र होली एन्जल्स विद्यालय निजगढ डोजाङले तेस्रो स्थान हासिल गरेको छ। बाग्ादेवका लागि २८-३२ केजी समूहमा विशाल लामा, ३२- ३६ केजी समूहमा सुजन थापा मगर र महिलातर्फ३९-४३ केजी समूहमा बिना लामाले स्वर्ण्र्ााक दिलाएका थिए। होली एन्जल्सका लागि २४ केजी तौलभन्दा कम समूहमा समन बस्नेत र ४७-५१ किलो महिला समूहमा निमा लामाले स्वर्णपदक दिलाएका हुन्। प्रतियोगितामा बाराका अमित सिंह, निजगढका सुमन कुश्वार र मकवानपुरका विक्रम लामिछानेले आफनो टोली

देशले राम्रो नेता पाएन

-के.के. शर्मा-     भौगोलिक विविधता, जैविक विविधता, सांस्कृतिक विविधता, जातीय विविधता र प्राकृतिक स्रोतसाधनले धनी  देश नेपालमा विकासको लागि चाहिने पूर्वाधार हुंदाहुंदै पनि हाम्रो देशले प्रगति गर्न सकेको छैन। हामीभन्दा पछि विकासका पूर्वाधार तयार भएका देशहरूले विश्व सुन्दरी र विश्वकप फूटबलको आयोजना गरेर संसारलाई चकित पारिदिएका छन्। अरू कैंयौ देश जसको २० वर्षअगाडि प्रतिव्यक्ति आय २०० डलर पनि थिएन। आज तिनै देशका प्रतिव्यक्ति आय ३००० देखि ४००० सम्म पुगिसकेको छ। हामी भने अरूका उदाहरणहरू दिन मात्र अभ्यस्त भएका छौं। देशले अग्रगमन लिन नसक्नुको एउटै कारण्ँ हो-   नेतृत्वको कमजोरी र नेताहरूमा देखिएको वैचारिक सड्ढट, नैतिक स्खलन र स्वार्थले गांजिएको राजनीति।     २००७ सालपछि जति पनि आन्दोलन र क्रान्तिहरू भए त्यसमा नेपाली जनताले सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरण्ँको लागि अतुलनीय त्याग, बलिदान र योगदान दिएका छन्। तर प्रत्येकपटक नेताहरूको अन्तरसङ्र्घष्ाले जनतालाई ठग्ने मात्र काम गर्‍यो। जनताको मनोभाव बुझेर राष्टू र राष्ट्रियतालाई अग्रगमनतर्फडोर्‍याउनुको सट्टा हाम्रा देशका नेताहरूले देशलाई विदेशीहरूल

सफलतासंगै विवेक पनि आवश्यक

    सफलताको शिखरलाई स्पर्श गर्न, त्यसमा आरुढ र प्रतिष्ठित हुन सबै चाहन्छन्। सबैको उत्कट इच्छा हुन्छ ऊ आफनो क्षेत्रमा त्यस उच्चतासम्म पुगोस् जहां अहिलेसम्म कोही पनि पुगेको छैन। कुनै पनि क्षेत्रविशेषको सफलता त्यसलागि नियोजित निरन्तर लगन, अथक चेष्टा एवं अन्य कैयौं कुरामा निर्भर गर्दछ। यी कुराहरुको पालन गरेर न केवल सफलता प्राप्त हुन्छ, सफलताको सर्वोच्च शिखरसम्म पनि पुग्न सकिन्छ, तर ध्यान रहोस्, शिखरमा पुगेर कसैले पनि स्थायी आवास बनाउन सक्दैन र यस्तो प्रयास पनि गर्नुहुन्नस किनकि यो त्यो चरम बिन्दु हो, जहां व्यक्ति मात्र केही क्षण या केही समयका लागि यसको अनुभव प्राप्त गर्दछ र पुनः त्यहांबाट फर्कनुपर्दछ।     सफलता र असफलता कुनै पनि चीजको दुइ अति विपरीत र चरम बिन्दु हो। सफलताको मतलब हो कुनै क्षेत्रविशेषमा निकै अगाडिसम्म पुग्नु र त्यहां पुगेर शिखरलाई अर्थात् लक्ष्यलाई सम्पूर्णरुपमा प्राप्त गर्नु। हुन त यो विरलैलाई उपलब्ध हुन्छ, तर हुन्छ अवश्य नै। जस्तै सङगीतको क्षेत्रमा तानसेन, स्वर साम्राज्ञी लता मंगेशकर, लोकप्रिय क्रिकेट-जगत्का डान ब्राडम्यान, सचिन तेन्दुलकर, विज्ञानको क्षेत्रमा सी.पि.रमन, ए

भ्रष्टाचारको पोल खुल्यो, पूर्वजिशिअ लाखौं लिएर फरार

आरके पटेल, लङ्गडी, १० असार/     जिल्ला शिक्षा कार्यालय वीरगंजमा कार्यरत पूर्वजिल्ला शिक्षा अधिकारी शड्ढरबहादुर गौतमले राजस्व उठेको करिब ४५ लाख रुपैयां गुपचुप तरिकाले खाताबाट निकाली सरुवा भई गएको समाचार प्राप्त भएको छ।     प्राथमिक, निम्न माध्यमिक विद्यालय तथा माध्यमिक विद्यालय तहका लागि स्थायी अध्यापन अनुमतिपत्र, अभिलेख, र्समर्थन, अनौपचारिक शिक्षा, कार्यालय सञ्चालन, परीक्षा फांटलगायत विभिन्न कार्यबाट असुल भई आएको राजस्वको रकम पूर्वअधिकारी गौतमले गुपचुप तरिकाले झिकी अन्यत्र गएको खुलासा कर्मचारीहरूले गरेका छन्।     असार मसान्तभित्र कार्यालयको हिसाब फच्र्र्छौट गरिरहेको बेला सो बराबरको रकम जिल्ला शिक्षा कार्यालयको नाममा रहेको विभिन्न बैंकको खाताबाट बेपता भएको नाम उल्लेख नगर्ने र्सतमा एक कर्मचारीले जानकारी दिएका छन्। रकम बेपत्ता भएपश्चात् अहिले सो कार्यालयका कर्मचारीहरूबीच एकापसमा तानातान भएको छ।     पूर्वशिक्षामन्त्री रामचन्द्र कुशवाहाको कार्यकालमा ६ महिनाभित्रमा चारजना जिल्ला शिक्षा अधिकारीको सरुवा भएको बेला सो रकम गौतमले झिकी लगेको पुष्टि भएको छ। रकम बेपत्ता भएपछि शिक्षा समितिमा पनि

ट्रकसंग रेल ठोकिंदा ६ को मृत्यु, ८० घाइते

राजेश केसरीवाल, रक्सौल, १० असार/     सीमावर्ती भारतीय स्टेशन नरकटियागंजबाट रक्सौलतर्फ आइरहेको छोटीलाइनको यात्रुवाहक रेल ट्रकसंग ठोक्ंिकदा ६ जनाको मृत्यु भएको छ। ६ जनाको घटनास्थलमै मृत्यु भएको र ८० भन्दा बढी घाइते भएको तथा सोमध्ये  ३० जनाको अवस्था गम्भीर रहेको रेल्वे प्रहरीले जनाएको छ।     आज बिहान १० बजे नरकटियागंजबाट छुटेको रेल बिहान करिब ११ः४५ बजेको समयमा भेलाई स्टेशनभन्दा पूर्व रक्सौल स्टेशनभन्दा डेढ किमी पश्चिमतर्फ चिकनी भन्ने ठाउंमा खुल्ला ढाला रहेको ठाउंमा बालुवा लोड ट्रकसंग ठोक्किएको थियो।     बालुवा बोकेको दुइवटा ट्रकले रेल्वे लिड्ढ पार गरेर जाने क्रममा पछिल्लो ट्रक जे.एच. १५ सी ३७६९ लाई ढालाको अन्तिम भागमा रेलले ठक्कर दिंदा ट्रक पल्टनुका साथै रेलको इन्जिन लिकबाट उछिट्टएिर बाहिर गएकोले रेलमा सवार यात्रीहरू दुर्घटनामा परेका हुन्। मृत्यु हुनेमा रक्सौल परेउवा टोल-१ निवासी वर्ष३५ का मुसाहब आलम, पलनवा थाना निवासी साहेबजान मियां रहेको प्रहरीले जनाएको छ भने अन्य चारजनाको सनाखत हुन सकेको छैन।     गम्भीर घाइते यात्रीहरूमा नेपालको पर्सा सेढवा निवासी मस्तकिम मियां, बारा जिल्ला निवासी

रेशमखेतीबाट जीवनशैलीमा परिवर्तन

Image
रामशरण पुडासैनी, सरिखेत/     पश्चिम मकवानपुरको सरिखेत गाउं विकास समितिमा रेशमखेतीबाट स्थानीय बासिन्दाले ठूलो प्रगति गरेका छन्।     अन्नबालीबाट जीवन धान्न हम्मेहम्मे परेका स्थानीयवासीको अहिले जीवनशैलीमा नै परिवर्तन आएको छ। खान, लगाउन र चार्डपर्व मान्न ऋण काढ्नुपर्ने समस्या मात्रै टरेको छैन सरिखेतवासीको। अहिले उनीहरूले नयां घर बनाएका छन्। गाउंभरि सेताम्मे जस्ताले छाएको घर देखिन्छ। बालबालिकालाई शहरमा राखेर पढाउन सकेका छन्। घरघरमा सीडीएमए फोन पनि राखेका छन् उनीहरूले। रेशमखेतीले उनीहरूको आधारभूत आवश्यकता त पूरा गरेको छ नै सुविधाहरूको समेत उपभोग गर्न पाएका छन्। हिजोआज त उनीहरूले गाउंकै सहकारीमा बचतसमेत गर्न थालेका छन्। "रेशमखेती नगरेको भए पैसा खेलाउन पाइन्नथ्यो। चाड मनाउन र छोराछोरी पढाउन ऋण काढ्नुपथ्र्यो।" ६६ वर्षो ग·ाबहादुर शाहले भने- दुःखको बेलामा यसले औंधी काम दिएको छ।     स्थानीय दीलिपकुमार शाहले आफूले अहिले छोराछोरी सदरमुकाम हेटौंडामा राखेर क्याम्पस पढाएको र घरमा सीडीएमए फोन राखेको सुनाए। उनले रेशमखेतीका लागि आफ्नो अन्न फल्ने ५ कट्ठा जमिनमा किम्बु खेती गरेको बताए। रेशमकीरा

लडाकू समायोजनका चुनौती

-श्रीमननारायण     नेकपा माओवादीका लडाकूहरू जसलाई उनीहरूले जनसेनाको संज्ञा दिएका छन्, तिनको समायोजन प्रश्न दिनानुदिन कठिन हुंदै गएको छ। समायोजनको सट्टा व्यवस्थापन नै उपयुक्त ठान्ने देशका राजनीतिक दलहरू र तत्काल समायोजनकै पक्षमा नदेखिएको माओवादीको यस अडानका कारण शिविरमा रहेका २० हजार जति लडाकूको भविष्य अन्धकारमय रहेको मान्न सकिन्छ।     दलहरूको मानसिकताः माओवादीका लडाकूलाई सो पार्टीको निजी सेनाको रूपमा मान्नेहरू धेरै छन्। निजी सेना राष्ट्रिय सेना हुन सक्दैन भन्ने मान्यता माओवादीबाहेक देशका प्रायः सबैजसो दलहरूको छ। माओवादीका लडाकूहरू र सो पार्टीको युवा दस्ता वाईसीएललाई एक अर्काको पूरक ठान्नेहरू पनि धेरै छन्। वाईसीएलको भूमिकाबाट पनि अन्य दलहरू निकै आत्तिएका छन्। माओवादी लडाकूहरूको समायोजन राष्ट्रिय सेनामा भयो भने सेनाको पुरानो र गौरवशाली इतिहास नष्ट हुने, यसमा राजनीतिक द्वन्द्व भइरहने र कालान्तरमा गएर सैन्य स·ठनभित्र विखण्डन नै आउने अथवा विवाद बाहिर आउने सम्भावनासमेत उत्पन्न हुन सक्ने भएकाले लडाकूहरूलाई सेनाबाहेकका क्षेत्रमा नै तिनको व्यवस्थापन उपयुक्त हुने धारणा अधिकांश दलहरूको रहेको देख

पुनः फौजीदस्ताको बाटोमा

    अम्मली अर्थात् लागूपदार्थ दर्ुर्व्यसनको लत बसिसकेको व्यक्तिलाई त्यस लतबाट छुटाउनुपर्दा पुनर्स्थापना केन्द्रमा राखेर बिस्तारै व्यवहार परिवर्तन गराइन्छ। सैद्धान्तिक, व्यावहारिक ज्ञानबाट पोख्त बनाइ अम्मलीलाई मानसिकरूपमा परिवर्तन गराउन सक्यो भने मात्र उसको व्यवहार परिवर्तन हुनसक्छ। साथै शारीरिक तन्दुरूस्ती र स्फूर्तिका लागि आवश्यक चिकित्सकीय पद्धति पनि अपनाइएका हुन्छन्। नाकौनान प्रविधिका अनुसार पुनर्स्थापना भइसकेपछि उसलाई पुरानो अम्मली साथीहरूसंग भेट गर्न दिइंदैन। पुराना साथीहरूसंगको भेटघाट र संगतमा परेर पुनः त्यही संसारमा र्फकने प्रबल सम्भावना हुन्छ। जसरी छुटिसकेका प्रेमजोडी बारम्बार भेट हुंदा अतीतको यादसंगै पुनर्मिलनको सम्भावना हुन्छ। यो मनोविज्ञान दर्ुर्व्यसन र प्रेममा मात्र होइन मानवीय क्रियाकलापका हरेक पक्षमा लागू हुन्छ भन्ने तथ्यलाई बुभ\mन जरूरी छ।     पुनर्स्थापना गर्नुको अर्थ रहरले, करले, बाध्यताले वा परिबन्धले जानाजान होस् या अञ्जानमा समाज र स्वयं व्यक्तिलाई पनि नोक्सानी पुर्‍याउने लत अर्थात् दिनचर्या बनिसकेको क्रियाकलापमा सुधार ल्याउनु हो। लत छुटाएर उसलाई सामान्य जीवनमा ल्या

अनैतिक कार्य गर्ने ए.माओवादी नेता श्रेष्ठ पक्राउ

पार्टी कारबाईबाट निष्कासित प्रस, वीरगंज, ८ असार/     ए. नेकपा माओवादी मधेस राज्य कमिटीका सदस्य तथा पर्सा इलाका नं. १५ का इन्चार्ज नारायणलाल श्रेष्ठलाई एक दलित किशोरीसंग अनैतिक सम्बन्ध कायम गरेको अभियोगमा कारबाई गरिएको छ।     पर्सा निर्मलबस्ती-६ निवासी श्रेष्ठलाई सोही वडा निवासी एक दलित नाबालक किशोरीका साथ गएराति १२ बजे स्थानीय बासिन्दाहरूले नियन्त्रणमा लिएका हुन्। रातभरि र्सार्वजनिक विद्यालयमा थुनेर बिहानी पख कालोमोसो दल्न खोज्दा वाइसियलले हस्तक्षेप गरेर बचाएको थियो।     माओवादी किसान नेता शिरोमणि पौडेलको रोहबरमा भएको छलफलमा निज श्रेष्ठले विगत १ वर्षेखि विभिन्न प्रलोभन देखाउंदै यौनसम्पर्क गर्ने गरेको किशोरीले बयान दिएकी छन्।     किशोरीभन्दा २० वर्षबढी उमेरका साथै पत्नी र दुइ सन्तानसमेत रहेको श्रेष्ठले आफूले जनवादी क्रान्तिमा एउटा नयां प्रयोग गरेको भन्दै जनभेलामा दलित समुदायलाई भुलाउन खोजेका थिए। दलित पक्षीय दबाब बढेपछि आफनो नाममा रहेको सम्पूर्ण सम्पत्ति किशोरीको नाममा गरी दिने र पत्नीको रूपमा आफनै साथमा राख्ने प्रतिबद्धता जाहेर गरेपछि पीडित पक्ष मानेको थियो।     स्थानीय वाइसियलको

जिविस पर्साका इन्जिनियरलाई पनि कालोमोसो

प्रस, वीरगंज, ८ असार/     पुनर्गठित नेकपा माओवादीले जिल्ला विकास समिति, पर्साका इन्जिनियर मड्ढेश्वर ठाकुरलाई कालोमोसो दलेको छ।     स्थानीय निकाय कर्मचारी सङ्घ जिविस पर्सँका अध्यक्ष एवं नेपाल इन्जिनियर एसोसिएसन वीरगंज क्षेत्रका उपाध्यक्षसमेत रहेका ठाकुरलाई माओवादी कार्यकर्ताहरूले आज दिउंसो १२ बजे उनकै कार्यकक्षमा बसेर मोसो दलेको हो। बारामा पक्राउ परेका मुकेश साहलाई रिहा नगरेको विरोध गर्दै माओवादीले कालोमोसो दल्ने कार्यलाई निरन्तरता दिएको छ।     पुनर्गठित माओवादी पर्साका नेता धुरूपप्रसाद यादवको नेतृत्वमा रहेको टोलीले कारबाई गरेको सो पार्टीले जनाएको छ। जिल्लामा चालू योजनाहरूमा ठेकेदारसंग मिलेर कमिशन खाने र दुइ नम्बरी काम गराएर जिविसलाई बदनाम पारेको आरोपमा चेतावनीस्वरूप कारबाई गरेको माओवादीको दाबी छ।     घटनाविरुद्ध जिविसको सम्पूर्ण कामकाज ठप्प पार्दै कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालय, पर्सा पुगेर प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षा गराएका छन्। जिल्ला वन कार्यालयका प्रमुख माथि केही दिन अगाडि भएको कुटपिट घटनाको दोषीलाई कारबाई नगरेको कारण घटनाको पुनरावृत्ति भएको कर्मचारीहरूको भनाइ छ।

सुपरस्टार क्रिकेट टीम विजयी

प्रस, पोखरिया, ८ असार/     नवदूर्गा युवा क्लब भेडिहारीद्वारा सञ्चालित टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अर्न्तर्गत आज सम्पन्न खेलमा सुपरस्टार क्रिकेट समूह भेडिहारीले साइनाथ क्रिकेट क्लब भेडिहारीलाई पराजित गरेको छ।     टस जितेर ब्याटिङ गरेको साइनाथले १५ ओभरमा पूरै विकेट गुमाएर १३४ रन बनाएको थियो। प्रतिउत्तरमा सुपर स्टारले ४ विकेट गुमाई निर्धारित लक्ष्य पूरा गर्‍यो। सम्पन्न खेलको म्यान अफ दि म्याच सुपर स्टारका सोनुकुमार घोषित भएका छन्।

एउटा यात्रीको कथा र व्यथा

-शंकरमान श्रेष्ठ कुन मन्दिरमा जान्छौं यात्री कुन मन्दिरमा जाने हो कुन सामग्री पूजा गर्ने साथ कसोरी लाने हो।     स्व. लक्ष्मीप्रसाद देवकोटाले ँयात्री’ कविता रचेका थिए। जुन कविताको यात्री कुनै न कुनै रूपमा हाम्रा सामु उभिने गर्दछ। अहिले एकजना नयां यात्री नेपालको धार्मिक क्षेत्रमा देखापरेका छन्। जसको अभीष्ट नै देवीदेउताको पूजा गर्नुरहेको छ, अर्चना गर्नुरहेको छ।     देवीदेउताको स्थल, मन्दिरमा जानु बडो राम्रो कार्य मानिन्छ। देउताकहां जांदा मानिसले आफना सबै पीरमर्कालाई एक क्षणकै लागि भए पनि बिर्सने गर्दछ। शान्तिको अनुभूति पनि गर्दछ। तर त्यस्ता अनुभूति गर्ने भने कमै हुन्छन्। प्रस्टरूपमा भन्नुपर्दा कुनै प्रकारको कामना नगरी मन्दिरमा दर्शन गर्न जाने श्रद्धालु विरलै पाइन्छन्। यस अर्थमा मन्दिर जाने श्रद्धालुका पनि श्रेणी हुने गर्दछ।     एकथरि श्रद्धालु त्यस्ता हुन्छन्, जो विशुद्धरूपमा र् इश्वरप्रति भक्तिभाव प्रकट गर्न र सद्बुद्धि र सतर््कर्म प्राप्त होस्  भन्नको लाागि मन्दिर जाने गर्छन्। त्यस्ता श्रद्धालुको मनमा कुनै प्रकारको स्वार्थ हुंदैन। सद्बुद्धि र सत्कर्म प्राप्त गर्न खोज्नु कुनै स्वा

नयां नेपालको अलाप

निजगढमा केही अपराधी व्यक्तिहरूले त्यहींका एकजना निवासीलाई दिउंसै खुकुरी प्रहार गरेर भागे। तीन दिन बितिसक्दा पनि अपराधी पक्राउ परेको छैन। अपराधी स्थानीय र परिचित व्यक्ति  भएको हुंदा प्रहरीले जसरी पनि पक्रन सक्नुपर्ने हो। अर्को कुरा घाइते व्यक्ति प्रहरीका सहयोगी हुन्। सहयोगी कुन अर्थमा भने निजगढकै केही युवकहरू अपहृत हुंदा उनले अपहरणकर्तालाई पक्राउ गर्न प्रहरीलाई सहयोग पुर्‍याएका थिए। अपराधीलाई पक्राउ गर्न प्रहरीलाई सहयोग गर्ने व्यक्तिमाथि अपराधीको इबि त रहने नै भयो र उसले प्रतिशोधस्वरूप निजमाथि खुकुरी प्रहार पनि गर्‍यो तर जसको सहयोग पाएर प्रहरीले अपराधी पक्राउ गरी आफनो दायित्व निर्वाह गरेको थियो उसको कुनै दायित्व नहुने - खोला तर्‍यो लौरो बिस्र्यो भन्ने कुरा सम्झना स्मरणशक्तिको कमजोरीले भएको होइन। यो ताक परे तेवारीको ज्वलन्त उदाहरण हो। अपराधी पक्राउ गर्नुपर्ने बाध्यता भएको बखत जोकसैसंग सहयोग लिएर काम फत्ते पार्‍यो र पछि अपराधीसंग साठगांठ गरेर निर्दोषमाथि अन्याय भएको चुप लागेर हेर्‍यो।     यस घटनाका नायक हुन् अमिरलाल चौधरी र खलनायक हो बाबू भन्ने हीरालाल मोक्तान। हीरालाल मोक्तानले केही महि

राहत शिक्षकहरूको विद्यालय बन्द फिर्ता

प्रस, पर्सा, ७ असार/     जिल्ला शिक्षा कार्यालय, पर्सामा आज पुनः तालाबन्दी गर्न गएका राहत शिक्षक सङघर्ष समिति पर्साका १६ जना पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई सांझ छाडेको छ ।     दिउंसो साढे तीन बजे सङघर्ष समितिका संयोजक श्याम घिमिरेको नेतृत्वमा तालाबन्दी गर्न गएका राहत शिक्षकहरूलाई प्रहरीले नियन्त्रणमा लिई सांझ ७ बजे अब आइन्दा तालाबन्दी नगर्ने शर्तमा कागज गर्राई छाडिएको पर्साका प्रहरी नायब उपरीक्षक योगबहादुर पालले बताए ।     राहत शिक्षकहरूको नियुक्ति र्समर्थनको माग गर्दै आइतवारदेखि जिल्लाका सम्पूर्ण सरकारी विद्यालय बन्दको आह्वान गर्दै आन्दोलनमा उत्रेका शिक्षकहरूले आजदेखि विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका छन् । सङघर्ष समितिका संयोजक श्याम घिमिरेले विज्ञप्ति जारी गर्दै बन्द कार्यक्रम फिर्ता लिएको बताइएको छ ।

सरकारी उपेक्षाको शिकार बन्दै चित्लाङको बाख्रा फार्म

रामशरण पुडासैनी, मकवानपुर, ७ असार/     मकवानपुरको चित्लाङमा रहेको बाख्रा फार्म सरकारी उपेक्षाको शिकार बनेको छ ।     स्थापनाको ६ दशकपछि बाख्रा फार्म बनाइएको भेडा फार्म सरकारले नै सहयोग नगरेपछि जेनतेन सञ्चालनमा आएको छ । सञ्चालनमा आए पनि क्षमताअनुरूप सेवासुविधा उपलब्ध गराउन सकेको छैन । उन्नत जातको पाठापाठी उत्पादन गर्ने उद्देश्यले स्थापित फार्मले अहिले मागअनुसार उत्पादन गर्न नसकेको हो । विक्रम संवत् १९९८ सालमा काठमाडौंबाट तर्राई आउने र तर्राईबाट काठमाडौं जाने क्रममा राणाहरूको बासका लागि निर्माण गरिएको संरचनामा बाख्रा फार्म सञ्चालन भइरहेको छ ।     २००८ सालमा सरकारले उन्नत जातको भेडा उत्पादनका लागि भेंडा फार्मको रूपमा विकास गरेकोेमा ५० वर्षपछि २०५८ मा बाख्रा फार्म बनाइएको छ । स्रोत-साधन, लगानी, सुविधा र भौतिक पर्ूवाधारको पर्याप्त व्यवस्था भए पनि फार्मलाई स्थानीय माग नै धान्न हम्मे परेको छ । बाख्रा फार्ममा उत्पादन भएका उन्नत जातका बोका, बाख्रा सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ र गोर्खासम्म पठाइएको छ । १ सय ५० वटा बाख्रा उत्पादन गर्ने लक्ष्यविपरीत  १ सय ९० वटासम्म बाख्रा उत्पादन गर्दा प

सुरुआत अध्यक्ष प्रचण्डबाटै हुनुपर्छ

-विनोद मेहता     २०४७ सालमा राजा तथा काङ्ग्रेसको संयुक्त सरकार गठन र संविधान निर्माणका लागि संविधानसभाको चुनावलगायत एजेन्डा समेटेर दिल्ली सम्झौता सम्पन्न भएको थियो । तत्पश्चात न संविधानसभाको चुनाव भयो न संविधान नै बन्यो । एकैपटक २०१५ सालको पहिलो आमनिर्वाचनमा बिपी कोइराला प्रधानमन्त्री हुनुभयो र २०१७ साल पुस १ गते राजा महेन्द्रले ँकू’ गरेर शासन भार स्वयंले ग्रहण गर्दै २०१९ सालमा राजाको प्रत्यक्ष शाासन रहने नेपाल अधिराज्यको संविधान २०१९ जारी गरेर ३० वर्षसम्म पञ्चायती शासन गरे । २०१५ सालमा चुनाव जितेर सरकार गठन भएपछि नेपाली काङ्ग्रेसले सबभन्दा पहिले मुक्ति सेना विघटन गर्ने कार्य गर्‍यो जसले गर्दा परम्परागतरूपमा राणा र राजाको नजिक रहेको सेनाले २०१७ सफल पार्न आफनो सम्पूर्ण शक्तिको प्रयोग गर्‍यो र प्रजातन्त्र मासियो ।     त्यस बेलादेखि नेपाली काङ्ग्रेस निरन्तर प्रजातन्त्र स्थापनाको लागि लडिरह्यो तर राष्ट्रिय, अन्तराष्ट्रिय कारणहरूले उसले सफलता पाउन सकेन । २००७ देखि २०३२ सम्मको हातहतियारको लडाइंको दौरान पाएको अनुभवको आधारमा बिपी कोइराला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति अख्तियार गर्दै ने