अहिलेको समय नेपालमा र्सार्वजनिक हित गौण र व्यक्तिगत हित प्रखर भएको छ। लोकतन्त्रको नाममा यति राजनीतिक दलहरू खुलेका छन्, तीमध्ये केही त प्राविधिक तारतम्य मिलाएर मात्र अस्तित्वमा छन्। अनि उनका लागि कुनै राजनीतिक वाद वा सिद्धान्त केही रहंदैन मात्र व्यक्तिगत स्वार्थपर्ूर्ति उनको ध्येय बन्न जान्छ। यस मामिलामा साना-ठूला दुवै पार्टीहरूसंग यही समस्या रहेको छ। कसैले र्सार्वजनिक हितविरुद्ध व्यक्तिगत स्वार्थ पर्ूर्ति गर्न लागेको देखेर पनि तैं चुप मैं चुपको स्थिति देखा पर्दछ। विरोध गर्ने साहस शीर्ष नेताहरूमा पनि हुंदैन। कारण कार्यकर्ताको मनोमानीमा अलिकति पनि हस्तक्षेप गर्यो कि ऊ भ्यागुताजस्तै उप|mेर अर्को पार्टीतिर लाग्छ। जुन पार्टीमा उसको प्रवेश हुन्छ उसले पनि त्यस व्यक्तिलाई माउ पार्टीले किन कारबाई गर्यो, अनुशासनहीन काम गरेको थियो भने यहां पनि त्यस्तै होला र पार्टीको छवि बिग्रिएला भन्ने चिन्ता गर्दैन। अनि त्यही कार्यकर्ता घरी यता घरी उता गरिरहन्छ। सांझ एउटा पार्टीको सदस्य भएको हुन्छ भने बिहान अर्कै पार्टीको। यसरी प्रत्येक पार्टीमा स्वार्थी जमातको चलखेल बढेको छ र र्सार्वजनिक हित ओझेलमा परेको छ।
र् भर्खरै एउटा समाचार आयो। एकजना ठूला पार्टीका कार्यकर्ताले र्सार्वजनिक बांध बांध्न ल्याएको लोडरको दुरुपयोग गरेछन्। सम्बद्ध कार्यालयले र्सार्वजनिक कार्य भनी आफनो खर्चमा लोडर जुटाइदिएको थियो तर दुइ घण्टा मात्र र्सार्वजनिक कार्य गरेपछि त्यस लोडरले कैयौं दिन सरकारी खर्चमा व्यक्तिको पोखरी खन्ने कार्य गरेछ। व्यक्ति चल्तापर्ुजा हुनर्ुपर्छ, जुनसुकै पार्टीमा उसको महत्त्व हुन्छ। अझ ऊसंग दुइचारजना र्समर्थकहरू छन् भने सुनमा सुगन्ध। त्यस व्यक्तिलाई आफनो कार्यकर्ता बनाउन एकसेएक सिद्धान्तवादी पार्टीहरू मरिहत्ते गर्छन्। सिद्धान्तको नाउंमा फेरि त्यस व्यक्तिसंग लुट लाओ कुट खाओबाहेक केही नभएको किन नहोस्। अब उसको तमाम क्रियाकलापहरूको रक्षक पार्टीविशेष भइदिनर्ुपर्छ। हत्या गरेको, वन मासेको, गांजा रोप्नमा अग्रणी, दुइजना चोर-डाकांहरू पालेको वा चिनेको, प्रहरीसंग हेमचेम भएको व्यक्ति छ भने ठूलै पार्टीका शीर्ष नेता नतमस्तक भएर उसलाई पार्टीमा भित्र्याउनु आफनो पौरख ठान्छन्।
त्यसै हुनाले मुलुकको यो भेग दिनहुं काठ तस्करी, लागू पदार्थको ढुवानी र पक्राउ, विदेशी मालसामानको व्यापक भंसार चोरी, चोरीका गाडीहरूको चलखेलले अन्तर्रर्ााट्रय स्तरको क्रीडास्थल बन्न थालेको छ। यो कुरा दिव·त राजनेता गणेशमान सिंहले कुकुरले पुच्छर हल्लाउंछ कि पुच्छरले कुकुर हल्लाउंछ भन्ने रहस्यवादझैं बनेको छ। नेपाली नेताहरू आफूलाई भीडले जे भन्यो देखाउन र गर्न तम्सिन्छन्। भीडलाई हांक्ने कुरामा विश्वास गर्दैनन्। कुरा भीडलाई हांक्ने विश्वास अविश्वासभन्दा पनि नेताहरूको क्ष्ँमता नै त्यति हो। भीडको कुरा मान्दा उनका पछाडि जनसमूह छ भन्ने उनीहरूलाई भ्रम परेको हुन्छ। जबकि भीड भनेको तत्कालिक र्समर्थन मात्र हो। यस भीडतन्त्रमा जेलिएका नेपाली नेताहरू त्यसैले न आफनो व्यक्तित्व विकास गर्न सक्छन् न मुलुकको नै भलो गर्न सक्छन्। भीडको थपडीबाट उत्साहित भएर नेता प्रचण्डले नेपाली बुद्धिजीवीहरूलाई तथानाम गाली गरे, धम्क्याए तर भीडमोह पन्छिएपछि तिनै बुद्धिजीवीहरूसंग माफी पनि मागे।