प्रस, हेटौंडा, १३ जेठ/
पहिलोपटक हेटौंडामा आयोजना गरिएको ओयसिस मिस टिन टयालेन्ट हन्ट २०१० को उपाधि पूजा श्रेष्ठले हात पारेकी छन्।
हेटौंडाको ओम चलचित्र मन्दिरमा भएको फाइनल प्रतिस्पर्धामा ३९ प्रतिस्पर्धीलाई पछार्दै पूजाले मिस टिनको उपाधि हत्याएकी हुन्। भूत, वर्तमान र भविष्यलाई कसरी व्यख्या गर्नहुन्छ भन्ने निर्णायकको प्रश्नको सटिक जवाफ दिंदै पूजाले उपाधि हत्याएकी हुन्। निर्णायकको प्रश्नमा भूत बितिसकेको समय भएकोले केही फरक पार्दैन, वर्तमानलाई सुधार गर्दै भविष्य उज्ज्वल पार्नुपर्छ’ भन्ने जवाफ दिएर दर्शकको पर्र्रर्रर ताली पाएकी हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा कक्षा ११ की विद्यार्थी पूजालाई उपाधिको हकदार घोषणा गरिएको थियो।
प्रतियोगितामा मिस पर्फेन्ससहित बिन्जु महर्जन फस्ट रनरअप र मिस ब्युटिफूलसहित सन्दिपा अधिकारी सेकेन्ड रनरअप घोषित भए। उत्कृष्ट पांचमा पर्न सफलहरूलाई निर्णयकले लिखित प्रश्न गरेका थिए। प्रतियोगितामा उत्कृष्ट पांचमा पर्न सफल वेदिका गजुरेल बेस्ट स्माइल र मिस चार्मिङ पुनम चौधरी भए। प्रतियोगितामा मिस प|mेन्डली, अर्लिना श्रेष्ठ, मिस स्वीट र नेचुरल दीपिका शर्मा, मिस हेयर कुसुम श्रेष्ठ, पर्सनालिटी नम्रता बानियां, अनुशासनमा रेजिना ढकाल, आइ कन्टयाक्टमा अलिना लामा, ट्रेनीमा सन्ध्या राजभण्डारी, प्रिटी भ्वाइस रूबिना श्रेष्ठ, एलिगेन्स प्रिया श्रेष्ठ, क्याटवाक शिवानी लामा, बेस्ट ड्रेस सुनु लामा र फोटोजेनिकमा अल्विना उप्रेती छानिए। एसएमएसमार्फ् भोटिङसमेत गरिएको प्रतियोगितामा ३४ हजार ३ सय १२ भोट प्राप्त भएको थियो। मिस टिनलाई ओइसिसलगायत आधा दर्जन सङ्घसंस्थाले पुरस्कृत गर्ने बताइएको छ।
बाल छहारी नेपाल मकवानपुरले आयोजना गरेको प्रतियोगितामा कलाकार तथा निर्देशक विशाल बिष्ट, तर्राई टेलिभिजनका जनकदीप पराजुली, इमेजका कार्यक्रम उत्पादक लव कार्की, सिनेमा निर्देशक जगन भूसाल, म्युजिक भिडियो निर्देशक तथा कोरियोग्राफर दीपेन्द्रराज डंगोल निर्णायक थिए। सहभागीको कोरियोग्राफी प्रज्ज्वराज शाक्यले गरेका थिए। विजेताहरूलाई प्रमुख अतिथि मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष अरुणराज सुमार्गीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।