माउ पार्टी ए. नेकपा माओवादीबाट उद्धिटिएरआफनो नेतृत्वमा नयाँ पार्टी
बनाएका मातृका यादव व्यक्तिगतरूपले हक्की र खरो स्वभावका हुन्। त्यसैले
जहाँ अरू राजनीतिक दलका नेताहरू मधेसी राजनीति र यसका नेतृत्वबारे कुरा
गर्दछन्, कूटनीतिक शैली अख्तियार गर्दछन्, मातृका चाहिं मार्तोल
हिर्काएझैं स्पष्ट शब्दमा उनीहरूको क्रियाकलापको विवेचना गर्दछन्।
वीरगंजमा आयोजित जनसभापछि पत्रकार सम्मेलनमा बोल्दै मातृका यादवले मधेसी
नेताहरूको चरित्रबारे त्यस्तै विश्लेषण गरेका छन्। मधेसीवादी एकथरीका
नेता सत्ताको अन्धो र घृणित दौडमा लागेर मधेसी हितलाई तिलाञ्जलि दिएका
छन् तथा अर्काथरी मधेसी नेताहरू, अर्थात् भूमिगत सशस्त्र समूह चन्दा
माग्नका लागि राजनीतिक पसल खोलेर बसेका छन्। यो उक्ति जति सत्य छ त्यति
नै तीतो पनि छ। सरकारमा बसेका सबै मधेसी नेताहरूले मधेसीको हित भइरहेको
देख्छन् भने सत्ताबाहिरकाले मधेसी जनतालाई निरन्तर व्रि्रोह र आन्दोलनका
लागि उक्साइरहन्छन्।
विभिन्न सोचसहित मधेसी मुक्तिका लागि यहाँ थुप्रै भूमिगत राजनीतिक समूह
अस्तित्वमा देखिएका छन्। कोही मधेसलाई स्वतन्त्र राष्ट्र बनाउने आन्दोलन
गरेको घोषणा गर्दछन् भने कोही मधेसमा मधेसीको मात्र राज्य कायम रहोस्,
पूर्ण स्वतन्त्रता र स्वायत्तता प्राप्त होस् भन्ने मान्यता राख्दछन्। यी
भूमिगत पार्टीहरूसँग नेपालका सबै वैध राजनीतिक दलहरूको कुनै न कुनै
सम्बन्ध छ, कोही न कोही कसै न कसैसँग सर्म्पर्कमा छ। ठूला दल होऊन् वा
साना, तिनको संवाद भूमिगत दलहरूसँग छ नै, किनकि चुनावको ताका वा सत्तामा
बसिरहन र सत्ता प्राप्त गर्न यिनीहरू भूमिगत समूहलाई उपयोग गर्ने
गर्दछन्। त्यस प्रयासमा मातृका यादव पनि लागेका छैनन् भन्ने होइन, उनी
आप\mनै मुखले स्वीकार गर्दछन्, केही भूमिगत समूहसँग कार्यगत एकताका लागि
कुराकानी चलिरहेको छ। तर पनि ती समूहप्रति मनमा रहेको भाव प्रकट गर्न
किञ्चित सङ्कोच मान्दैनन्। र भूमिगत समूहमाथि चर्को कटाक्ष गर्न पनि
चुक्दैनन्। आए थे हरि भजन को ओटन लगे कपास भनेझैं भूमिगत पार्टीहरू सपना
त कहाँ देश टुक्रयाउने देख्छन्, काम भने त्यसै भूमिका नागरिकमाथि चन्दा
आतङ्क सिर्जना गरी त्रस्त बनाउन क्रियाशील छन्।
मातृका यादव कट्टर राजनीतिक सिद्धान्तवादी हुन् तर व्यवहारतः उग्र
स्वभावका भएका हुँदा युवाहरूमाझ लोकप्रिय त छन् तर खारिएका राजनीतिक
कार्यकर्ताहरू, बुद्धिजीवीहरू उनलाई पत्याउन तयार देखिंदैनन्। किनकि उनी
सत्यम् ब्रूयात् प्रियं ब्रूयात्मा विश्वास गर्दैनन्। अप्रिय सत्य नै
उनलाई मन पर्छ। त्यसैले कहिले कुनै सरकारी कर्मचारीलाई शौचालयमा थुन्छन्
त कहिले पार्टी नीतिविपरीत कब्जा गर्न पुग्छन्। त्यसैले उनी राष्ट्रिय
धारमा आइसकेको ए. माओवादीमा अटाउन सकेनन्। र यो पनि त्यतिकै सत्य हो कि
उनले सफलतापूर्वक आफनो पार्टीलाई किनारासम्म पुर्याउन पनि सक्दैनन्।
नेपालमा, त्यो पनि राजनीतिमा सत्य र न्यायका पक्षधरको जीत हुन सक्दैन।
यहाँ त्यही सफल हुन सक्छ जो समय अनुसार आफनो बोली फेर्छ, प्रतिबद्धता
फेर्छ, बाहिर जसलाई गाली गर्छ भित्र उसैको अनुग्रहको आकाङ्क्षा गर्छ।
पूरब दिखाकर पश्चिम मारो शैलीमा चलिरहेको देशमा मातृकाहरू असफल
भइरहन्छन्।