-संजय साह-
इतिहासको कठिनतम मोडमा पुगेर नेपाली नागरिकको मन अहिले निकै अमिलिएको छ।
प्रसन्नचित्त एक अर्कालाई मृदु मुस्कान र्छर्दै उम·ले शुभकामना साटासाट
गर्ने समयमा आम नेपाली नागरिक कुँडिएको मन लिएर मलिनो अनुहारले एक
अर्कालाई हेरिरहेको छ। निराशाको अनन्त सागरमा डुबुल्की मारेको भाव सचेत
नागरिकमा व्याप्त छ। कुहिरोमा हराएको कागजस्तो नेपाली राजनीतिको प्रमुख
एजेन्डा हराएपछि कहिलेकाहीं रिसाएको बिरालोले खाँबो चिथोरेजस्तो नेपाली
नागरिक अहिले आफैंलाई धारे हातले सरापेर सन्तुष्ट बन्न बाध्य छ।
किन अहिले नेपाली नागरिक कतै आफनो अनुहार हेर्न पाइरहेको छैन। ऐना अगाडि
उभिँदा आपै+mलाई अरूजस्तो देखिरहेको छ। कहीं कतै आफनो प्रतिविम्ब
पाइरहेको छैन। आप\mनै नारी छाम्दा अरूको हात समातेजस्तो अनुभूति भइरहेको
छ। आफूभित्रै हराएकोजस्तो रुमलिरहेको आम नेपाली नागरिकले आफनो गल्ती
खोजिरहेको छ।
१२ वैशाख २०६३ का दिन काठमाडौंको टुडिखेलमा ऐतिहासिक सभामा सातदलले एकै
साथ ँअब हामी मिल्छौ' भनेर गरेको बाचा जनताले बिर्सर्ेेे छैन। जनतालाई
जन्तु ठानेर नेताहरू मनमौजी गर्न चाहिं पक्कै गएका होइनन्। जनतासामु
ँमिलेर काम गर्र्छौं' भनेर कबोल गरेकै कारण जनताले सबै दललाई ँमिलेर काम
गर्न' पठाएको हो। जनतासामु ँमिल्छौं' भनेर किरिया खानेहरूले पच्चीसवटा
मुख बनाएर पच्चीसथरी कुरा गर्दै देशको भविष्यलाई भडखालोमा जाक्न
सुहाउँदैन। जनताले जुन उत्साह, उमङ्ग र गतिले नेताहरूलाई साथ दियो आज
त्यसको ठीक उल्टो प्रतिफल दिन सुहाउँछ रु
इतिहास सधैं अगाडितिर बढ्छ। पछिल्तिर इतिहास फर्केको छैन। हरेक वर्षउही
महिना र गते वा वार आए पनि फरक-फरक स्वरूपमा आएको हुन्छ। केही नवीनता नै
समयको वास्तविक चिनारी हुन्छ। तर नेपालको राजनीति किन मियोको वरिपरि
घुमिरहन्छ। किन सधंैभरि घुमिफिरी रूम्जाटार भनेजस्तो अन्योल, अनिश्चितता,
अस्थिरता र अस्वाभाविकतामा देश जाँकिंदै गएको छ। जहिले पनि शक्ति,
स्वार्थ र सत्ताको लडाइँमा नेपाली नागरिक, देश र राष्ट्रियता किन
जाँतोमुनि निरन्तर पिंधिनु परेको छ।
नागरिक चाहनालाई लत्याएर सदैव आफनो स्वार्थका लागि अनेक गठबन्धन तयार
पार्दै मन मीठो रहेसम्म पवित्र र मन कुँडिएपछि अपवित्र भनिदिने आम प्रचलन
बनिसकेको नेपाली राजनीतिका कथित राजनेताहरूले सदैव नागरिक चाहनालाई
लत्याएर अगाडि बढेका छन्। जनतालाई भर्याङ मात्र ठानेर नेताहरू भर्याङका
खुड्किलाहरूमा पाइला टेक्दै माथि पुगिसकेपछि सत्ता, भोज, पार्टी
स्वदेश-विदेश भ्रमण, भत्ता, गाडी, कमिसन तथा भ्रष्टाचारबाहेक अरू केही
देख्दै देख्दैनन्। देशको आवश्यकता तथा जनताको चाहना पन्छाएर आफनो क्षणिक
स्वार्थ पूरा हुने मार्गतिर मात्र देशलाई डोर्याउन खोज्ने नेताहरू
कहिल्यै पनि राष्ट्र, राष्ट्रियता र जनताका लागि त्याग देखाएर उदाहरणीय
बन्न सकेनन्।
जनताको भागमा तथा देशको भविष्यमा पर्न खोज्ने एकमुठी खुसीलाई पन्छाएर
सधैं दर्ुघटनातिर लैजानमा खप्पिस नेताहरू हरेकपटक जनतालाई नयाँ सपनारूपी
चकलेट खुवाएर जनताका भावनामाथि कुठाराघात गरेका छन्। जनतासित न्याय
मागेको अनगिन्ती दृष्टान्तहरू छन् तर नेताहरूले जनतामाथि कहिल्यै न्याय
गरेको देखिएन। छलकपट र धोखाधडीको एकपछि अर्को शृङ्खलामा देश र जनतालाई
फसाएर नेताहरू विश्वमा कहीं नभएका घृणित खेलहरू यहीं खेलिरहेका छन्।
अन्तर्रर्ााट्रय समुदायमा नेपाल र नेपालीको पहिचान र प्रतिष्ठामा
प्रश्नचिन्ह लाग्ने समय अर्थात् सारा दुःख, पीडा, वैमनस्यता, बेमेल र
अविश्वास बिर्सर्ेेएकताको नयाँ इतिहास प्रस्तुत गर्दै नेपालमा नयाँ युगको
नयाँ अध्याय आरम्भ गर्ने बेला हाम्रा राजनेताहरूले जुन किसिमको अद्भूत
नौटङ्की प्रस्तुत गरे, त्यस्तो किसिमको अभिनय विश्व इतिहासमा विरलै
पाइएला। तर्कमा धुर्त्याईं गर्ने कला संसारका नेताहरूले हाम्रा
नेताहरूबाट सिक्न सक्छन्।
सुख, शान्ति, अमनचैन, स्थिरता, विकास र नागरिक र्सवाेच्चताबाट सदैव
वञ्चित राखेर नागरिक सर्वोच्चताको नारा लगाउने राजनेताहरू एउटा किरिया
खाएको देखिन्छन् भने कुनै पनि हालतमा देशलाई अग्रगतितर्फ लैजान नदिने,
राम्रो गरिरहेको बहानामा राम्रोलाई पन्छाउन एकजुट भएर राम्रो विस्थापित
बनाउने कुरामा दलहरू सदार्सवदा एकसाथ रहन्छन्। केही समय पहिले मात्रै
सभासद्हरूको भत्ता र सुविधामा वृद्धि गर्ने सवालमा जुन मतैक्यता देखिएको
थियो, त्यस्तो एकाग्रचित भएर जनताको लागि कुनै निर्णय गरिएको छ रु कुनै
विधेयक प्रस्तुत भई कुनै कानुन बनेको छ रु यस दृष्टिले हेर्दा दलहरूले
देशलाई दलदलमा फसाउन जानेका छन्। निकाल्ने तरिका पनि जानेका छन् तर
जानीजानी देश र जनतालाई अनिश्चित, अन्धकार र डरलाग्दो भविष्यतर्फ
धकेलिरहेका छन्। किनभने यही धमिलो पानीमा माछा मार्न दलहरूलाई सजिलो भएको
छ।
दलहरू मिलेर अर्हाएपछि जहिले पनि दलहरूको सामूहिक अर्होटलाई जनताले
शिरोधार्य गरेको छ। बीच सागरमा डुब्न लागेको दलहरूको साझा डुङ्गालाई
जनताले बचाएकै हो तर किन दलहरूले जनताको आदेशको उल्लङ्घन गरेका रु नागरिक
सर्वोच्चताको झयाली पिटेर कहिल्यै नथाक्ने दलहरूले नागरिकको आदेशको
अवमानना गरेर, जनताको अभिमतको अवमूलयन गरेर, नागरिकको सर्वोच्चतालाई
प्रतीकात्मक रूपले अस्वीकार गरेर जनतालाई दुःखी बनाएका छन्। दलहरूले
जनतासामु वाचा गरेर दिने भनेका खुसीका क्षणहरू मुखको गाँस हाल्ने बेलामा
कसैले गाँस खोसेझै नागरिकको खुसीका क्षणहरू खोस्दै लगेका छन्। आज देशका
हरेक नागरिक आफूलाई जनताको प्रतिनिधि ठान्ने दल वा नेतासँग यही प्रश्न
गरिरहेको छ- नागरिकले खुसीको अनुभूति कहिल्यै पनि गर्नै नपाउने रु
नेताहरूले जवाफ देलान् ?