प्रस, निजगढ, १३ जेठ/
हातको सीप निखार्दै, ग्रामीण भेगकी परिश्रमी, मेहनती महिला व्यवसायी केही वर्षेखि सदरमुकाममा व्यवसाय गर्दै आएकी छन्। आफूले सिकेको सीप उनले अन्य युवती तथा महिलाहरूलाईसमेत बांड्दै आएकी छन्। करिब १३ वर्षघि सिलाइकटाइ व्यवसाय गर्दै आएकी बारा मनहर्वा-७ की ३५ वषर्ीया जानुका भण्डारी विगत ४ वर्षेखि सदरमुकाम कलैयामा महिला आत्मनिर्भर सिलाइ प्रशिक्षण केन्द्र लेडिज टर्ेलर्स खोलेर ग्राहकको सेवा मात्र होइन अन्य युवती तथा महिलाहरूलाई सीपसमेत सिकाइरहेकी छन्।
ग्राहकको कपडा सिलाइ गर्न भ्याई नभ्याई भएकी उनले सिलाइ प्रशिक्षण केन्द्रमा ३० जना युवती तथा महिलाहरूलाई पालैपालो कपडा सिलाइकटाइ प्रशिक्षण दिइरहेकी छन्। सित्तैमा सिकाउंदा सिक्नेहरूले त्यति ध्यान नदिने भएकोले प्रतिव्यक्ति मासिक तीन सय रुपियां लिने गरेको बताउंछिन्। सीप सिके परिश्रम गरेर घर्रखर्च धान्न सकिन्छ भन्ने मान्यता बोकेकी व्यवसायी भण्डारी मेहनती, परिश्रम त छंदैछिन् सन्तुष्ट पनि रहेको बताउंछिन्। माइतीमैं सिकेको यो सीपको विवाहपश्चात् व्यवसायीकरण गर्न सकेकीले उनी उदाहरणीय व्यवसायी तथा प्रशिक्षकको रूपमा चिनिंदै आएकी छिन्। पुरुषको आम्दानीमा मात्र रमाउने होइन् आफनो सीपमा निर्भर रहनुपर्छ भन्ने मान्यता आत्मसात गरेकी महिला व्यवसायी जानुका भण्डारीलाइ सिजनमा त भ्याईनभ्याई हुन्छ नै, अफसिजनमा समेत फुर्सद छैन् कपडा सिउनबाट। फुर्सदमा अरूका कुरा काट्नुको सट्टा सीप सिकी आत्मनिर्भर हुन सके मात्र मानव जीवन उपयोगी तथा र्सार्थक हुने उनी बताउंछिन्। जानेको सीप कला बांड्न सके सीप कला न्रि्रंदै जाने भएकोले सिक्न चाहनेहरूलाई निर्धक्क भएर सिकाउने गरेको जानुकाले बताइन्।