$type=ticker$count=12$cols=4$cate=0

माओवादी रूपान्तरणतर्फ

SHARE:

-के- के शर्मा-
   ए. माओवादीले ६ दिनको आमहडताल फिर्ता लिएपछि विभिन्न कोणबाट जे-जस्ता टिका-टिप्पणी भए पनि त्यस आम हडतालमा माओवादी कार्यकर्ताद्वारा देखाइएको सभ्य, शालीन, शान्त र भद्र विशाल जनसागरको संयमता र अनुशासनले सबै पक्षबाट वाहवाही पाएकै हो। यद्यपि जनता अब आमहडतालको पक्षमा छैन भन्ने मनोभाव बुझेर होस् या विभिन्न क्षेत्रबाट परेको दबाबमा परेर होस्, माओवादी नेतृत्व वर्गले गरेको निर्णयबाट कार्यकर्ताहरूमा निराशा र आक्रोश हुनु स्वाभाविकै हो। तर माओवादी नेतृत्वले लिएको त्यो निर्णयले देशमा दूरगामी सकारात्मक सन्देश दिनेछ। आमहडताल फिर्ताको निर्णयले के देखाउंछ भने माओवादी जनताप्रति जिम्मेवार छ। शान्ति र संविधानप्रति मात्र नभएर ऊ आफूलाई लोकतान्त्रिक मूल्य र मान्यताप्रति रूपान्तरण गरिरहेको छ भन्ने ज्वलन्त उदाहरण हुन् उसका पछिल्ला निर्णयहरू।
    १०/१० वर्षम्म जङगलमा बसेर जनयुद्ध सञ्चालन गरेको दलले तीन वर्षभत्र आफूलाई कति रूपान्तरण गरिसक्यो भन्ने तथ्य हिमाल खबर पत्रिकाले गरेको राष्ट्रिय र्सर्वेक्षण २०६७ बाट स्पष्ट हुन्छ। माओवादीहरू रूपान्तरित भएको देख्न नचाहने शक्तिहरू उसको उछित्तो काढेर उसलाई फेरि हिंसक बनाउन उद्धत देखिन्छन्, यद्यपि माओवादी नेतृत्वले यो कुरा राम्ररी बुझेको छ।
    काङ्ग्रेस र एमालेको नेतृत्व वर्गले आफनो विगत सम्झेर रूपान्तरण हुन खोजेको माओवादीलाई बिच्काएर देशमा शान्ति र संविधान कसरी स्थापना गर्न सकिन्छ भन्ने बुझनु अति जरुरी छ। आखिरमा अहिलेको सङ्क्रमणकालको अवस्थाबाट देशलाई त्राण दिलाउन माओवादी, काङ्ग्रेस र एमालेबीच सहकार्य, सहमति र एकताले मात्र संभव छ। नत्रभने यस देशको जनताले फेरि कति वर्षम्म शान्ति र संविधानको लागि लड्नुपर्ने हो, अनुमान गर्न गार्‍हो छ। संसारले देखेको र अनुभव गरेकै हो कि  राजनीतिक शून्यता र जटिलताको मलजलबाटै अधिनायकवादको जन्म हुन्छ।
    राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता हो भन्ने सबैको ठम्याइ हो। विभिन्न लेखहरूमार्फ् विद्वान् स्तम्भकारहरूले आफनो रचनामार्फ् लेखिसकेका छन् कि अहिलेको अवस्थाको मुख्य बाधक नै माधवकुमार नेपाल हुन् तर उनी कसैको कुरा सुन्न तयार छैनन्। माओवादीको लचिलोपनलाई उनले आफनो विजय ठानेका छन् जस्तो लाग्छ। तर उनी आफैं चेपुवामा परेका छन् र जथाभावी बोल्दै हिंडेका छन्। जसको पछिल्लो उदाहरण उनकै शब्दमा "संविधानसभा मैले चाहेकै थिइनं, त्यो त मात्र माओवादीलाई फकाउनको लागि म तयार भएको हो।" योभन्दा गैरजिम्मेवार अभिव्यक्ति एउटा देशको प्रधानमन्त्रीको अरू के हुन सक्छ - सेना समायोजनको अवधि, त्यसको पुनःस्थापना, वाइसिएल भङगजस्ता विषयहरूमा माओवादी अध्यक्ष प्रचण्डले गत हप्ता नै स्पष्ट प्रतिबद्धता व्यक्त गरिसकेका छन् र आप\mनै नेतृत्वमा सरकार गठन हुनर्ुपर्छ भन्ने अडानबाट पनि पछि हटिसकेका छन्। यत्रो लचकता अपनाउंदा पनि सत्ता पक्षका दलहरू यदि उसलाई अझै गलाउने, रिङ्टाउने, लाचार पार्ने मनस्थितिबाट माथि उठ्न सकेनन् भने त्यो सत्ता पक्षका दलहरूको लागि ठूलो विडम्बना हुनेछ।
    के भोलि संविधानसभा निष्त्रिmय भएमा या विघटन भएमा नेपाली काङ्ग्रेस, एमाले र अरू दलहरूको साथै मधेसवादी दलहरूले आफूलाई दोषबाट मुक्त गराउन सक्छन् - गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्ष्ँता सबैभन्दा ज्यादा कसलाई चाहिएको छ - चाहिएको छ- मधेसवासीलार्इर्र् जनजातिलाई, दलितलाई, सीमान्तकृत वर्गलाई। ढिलोचांडँे यदि संविधानसभाको म्याद नबढाइए, यी सबै वर्गका मानिसहरू माओवादी कित्तामा आउंछन्, त्यसपछिको अवस्था काङ्ग्रेस र एमालेको लागि ज्यादै दयनीय हुनेछ। १० प्रतिशत अभिजात्य वर्गले शासन सत्तालाई आफनो रखेल बनाएर देशको उन्नति र प्रगति कुनै हालतमा हुनेछैन।
    माओवादी होस्, या काङ्ग्रेस होस्, या एमाले होस्, जनताले चाहेको शान्ति, संविधान र राष्ट्रको प्रगति हो। व्रि्रोही दललाई नागरिक दलमा रूपान्तरण गर्नका लागि सत्ताधारी दलको ठूलो भूमिका हुन्छ तर माओवादी रूपान्तरण भएको सत्ता पक्षलाई किन पचिरहेको छैन - यो सबै बौद्धिक वर्ग र नागरिक समाजले चिन्तन र मनन गर्ने कुरा हो। केही राजनैतिक विश्लेषकहरू जस्तै ः डँ. लोकराज बराल, डा. सुरेन्द्र के.सी., कानुनविद् काशीराज दाहाल, राजनैतिक विश्लेषक सि.के.लालजस्ता व्यक्तित्वहरूले विभिन्न अन्तर्वार्तामार्फ् स्पष्ट भन्नुभएको छ कि संसारमा कुनै पनि व्रि्रोही शक्ति यति चांडो रूपान्तरण भएको हामी पाउंदैनौं जति माओवादीले तीन वर्षो छोटो अवधिमा आफूलाई रूपान्तरण गरेर देखाएको छ।
    जनताको मनोकामना पूरा गर्ने अझै झिनो आशा यदि कुनै दलमाथि छ भने, त्यो माओवादी नै हो। त्यसैले खबरदार छ माओवादी नेतृत्वलाई- जनताको झिनो आशामा तुषारापात नहोस्। माओवादी नेतृत्व कहीं एमालेकरण पो हुने हो कि भन्ने चिन्ता र चासो अधिकांश नेपालीलाई छ। अझै धेरै बांकी छ माओवादीले आफूलाई सुधार्न। युद्धकालीन धङ्धङीबाट अझै पनि यसका कार्यकर्ता मात्र होइनन्, नेताहरू पनि अछुतो रहन सकेका छैनन्। यिनीहरूको एउटा ठूलो मनोविकार के छ भने - जसलाई पनि सामन्ती भनिदिने। कति दुःख-कष्ट गरेर कसैले आफनो कर्मद्वारा जायज्यथा -धन-सम्पत्ति) सड्ढलन गरेको हुन्छ। उनिहरूलाई सजिलो छ - यो सामन्ती हो भनिदिन। माओवादी केन्द्रीय नेतृत्वको जुन पहिचान छ, त्यसलाई बर्बाद गर्न तल्लीन छन् यस दलका जिल्लास्तरका कार्यकर्ताहरू। आफू कर्म गर्न नजान्ने, क्षमता वृद्धि गरेर आफनो पहिचान बनाउनुभन्दा डर, त्रास, धम्की दिने र पैसा असुल्ने। जनताको मन जित्नुको सट्टामा यिनीहरू जनतालाई दुःख दिनमै उद्धत देखिन्छन्।
प्रसङग बारा/पर्साका माओवादीको
    यस जिल्लामा माओवादी कार्यकर्ता वा जिल्लास्तरीय नेताहरूले व्यापारी, उद्योगी, पेशाकर्मी, मध्यम वर्गीय र निम्न मध्यम वर्गीय जनतालाई सार्‍है दुःख दिएका छन्। यिनीहरूले यो बुझनु ज्यादै जरुरी छ कि मध्यम वर्ग र निम्न मध्यम वर्गको सहयोग र र्समर्थनबिना यिनीहरूहरूले भोलिका दिनमा चुनावमा कसरी भाग लिनेछन् - कुनै म्यागजिन पठाइदियो या पत्रिका पठाइदियो, अनि यति पैसा दिनुपर्‍यो भनेर हैकम जमायो या धम्कीको भाषा प्रयोग गर्‍यो, नत्रभने चिठ्ठीमा तोकेर यति पैसा दिनुपर्‍यो। कल्पना गरौ न यिनीहरूले आयोजना गरेको कार्यक्रममा कुनै पनि बौद्धिक वर्ग या नागरिक समाजका गण्यमान्य व्यक्ति आउन चाहंदैनन, आखिर किन - यसको समीक्षा र मूल्याङ्कन यहांको नेतृत्वले गर्नुपर्ने हो कि होइन - जनतालाई अब तर्साएर, धम्क्याएर जित्न सकिंदैन। जनताको मन जित्न आचरण र व्यवहार परिवर्तन गर्नर्ुगर्छ। वर्ग सङ्र्घष्ाको अलाप लगाएर मात्र परिवर्तन आउंदैन, जबसम्म त्यस सङघर्षप्रणेताहरूले आफनो दृष्टिकोण, दृश्यावलोकन, आचरण र व्यवहार परिवर्तन गर्दैनन्।
    त्यसकारण पर्साका माओवादीहरूलाई सल्लाह छ- नागरिक दल बनेर जनताको मन-मष्तिस्क जित्नर्ुपर्छ धम्क्याएर होइन, धम्क्याएर सकिन्न पनि। अरू राजनैतिक दलहरू पनि त छन् यस जिल्लामा, खोइ उनीहरूले जनतालाई अनावश्यक दुःख दिएको - अरू राजनैतिक दलका राम्रा पक्षलाई आत्मसात गर्नु ठूलो लोकतान्त्रिक अभ्यास हो।
    विश्वास छ आउने दिनमा माओवादीले केन्द्रमा मात्र होइन, जिल्ला जिल्लामा आफूलाई रूपान्तरण गरेर उदाहरणीय बन्नेछ। जांदा जांदै ः
सिद्धचरण श्रेष्ठको एक पङ्क्ति-
"उठ्न छ गाह्रो गिर्न छ सजिलो गिर्नु मैले हुन्न,
राम्रो प्यारो लाग्दैमा विष मैले पिउनु हुन्न।"
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : माओवादी रूपान्तरणतर्फ
माओवादी रूपान्तरणतर्फ
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2010/05/blog-post_5659.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2010/05/blog-post_5659.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy