- शंकरमान श्रेष्ठ
सन् १९२९ इ. मा जर्मनीमा वाइभर संविधान तत्कालीन प|mेडरिक र्एर्क्टको सरकारले सहजरूपमा लागू भने गरेको अवश्य थिएन। सन् १९१८ इ. मा फेरडरिक र्एर्क्टले अस्थायी सरकार स्थापना गरेपश्चात् दुइ दलको विरोध मूलरूपमा सामना गर्नुपरेको थियो। एक राजसत्तावादी, जसले पुनः राजतन्त्र स्थापना गराउन चाहन्थे। दोस्रो साम्यवादी, जसले रूसी साम्यवादी व्यवस्था अनुरूप शासन लागू गर्न चाहन्थे। अस्थायी सरकारले प्रारम्भदेखि नै साम्यवादीको विरोधको सामना गर्यो। साम्यवादी नेता कार्ल लिबक्नेख्तले मजदुरलाई आफनो पक्षमा पारी सरकारविरुद्ध गृहयुद्ध सुरु गरे। तर र्एर्क्टले मध्यमवर्गका र्समर्थनबाट साम्यवादीको विरोधको सामना गर्न सफल भए।
साम्यवादीपश्चात् राजतन्त्रवादीहरूले गणतन्त्र समाप्त पार्ने प्रयास गरे। सन् १९२० इ.मा डा. फाँन केपको नेतृत्वमा भएको उक्त प्रयासलाई र्एर्क्टले असफल पारे। उक्त पराजयपश्चात् पनि राजतन्त्रवादीहरूले गणतन्त्रविरुद्ध पाइला चाल्न पछि हटेनन्। सन् १९२३ इ. मा जनरल ल्युडेन्ड्रोपको नेतृत्वमा म्युनिखमा राजतन्त्रवदीहरूले गणतन्त्रविरुद्ध व्रि्रोह गरे। त्यस व्रि्रोहमा हिटलर पनि सरिक थिए। सरकारले राजतन्त्रवादीहरूको दोस्रो पटकको व्रि्रोह पनि असफल तुल्याइदिए। र, अन्ततः पटकपटक आन्तरिक विरोधको सामना गरेको सरकार सन् १९२९ इ. मा संविधान जारी गर्न सफल भयो - संविधानसभा निर्वाचनमार्फ्।
आज जर्मनीको वाइमर संविधानको जन्मबारे दृष्टान्त उल्लेख गर्नु आवश्यक त थिएन तर नेपालको अवस्था, मात्र देशको हैन, सरकारप्रमुखको समेत, जर्मनीको जस्तै हुन सक्ने प्रबल सम्भावना भएकोले उक्त उदाहरण प्रस्तुत गर्ने जमर्को गरिएको हो।
सङ्क्रमणकालीन राजनैतिक अवस्था चाहे प्रथम विश्वयुद्धपश्चात् जर्मनीको होस् वा १९१७ इ.को रूसको क्रान्ति, प्रायः परिवर्तनपश्चात् जुनसुकै राष्ट्रको अवस्था एक समान नै हुने गरेको पाइन्छ। कारण प्रस्ट छ, जित्नेले आफनो नीति वा सिद्धान्त लागू गराउन चाहन्छ, हार्नेले सत्ता पुनः प्राप्त गर्न खोज्दछ। यो संसारकै राजनीतिको र्सवमान्य सिद्धान्त हो। त्यसमा पनि सङ्क्रमणकालीन अवस्थामा राजनीतिमा हावी हुने राजनैतिक पार्टीको चाहना हुन्छस खासगरी द्वन्द्व र युद्ध बढी मन पराउने सिद्धान्तवादीहरू।
नेपाल, कहिले पनि उदाहरणसँग तालमेल गर्न अपवाद बनेको पाइँदैन। अहिले माधव नेपाल सन् १९१८ इ. मा जर्मनीका शासक प्रमुख प|mेडरिक र्एर्क्टको भूमिकामा रहेका छन्। र्एर्क्टले जस्तै क्रमशः नेपालले पनि दुइथरी राजनैतिक स्वभावको सामना आफनो जन्मबाट नै गर्नुपरेको र्सवविदितै छ।
र्एर्क्टले सामना गरेजस्तै अहिले त्यही रूपमा र स्वभावमा अक्षरशः नभए पनि नेपालले राजतन्त्रवादीको क्रियाकलाप सुषुप्तावस्थामा छ। तर आगो प्रारम्भमा सुषुप्त नै हुने गर्छ। पूर्व राजा ज्ञानेन्द्र र उनका परिवारजन जनान्दोलन-२ पश्चात् पर्ूण्ातया सुषुप्त भए। तर केही दिनदेखि पूर्वराजा ज्ञानेन्द्र र उनका परिवार एउटा नागरिकको भूमिकामा देखा परेर चलखेलको प्रयास गर्दैछन्। जनकपुर नागरिक बनेर गए तर वक्तव्य भने एउटा राजाले पूर्वराजाको धारणाविरुद्ध हाँसेर प्रतिकार गरेजस्तो दिए। कसैले मृत मान्छे जन्मिंदैन भने, कसैले दिवास्वप्न भनेर आफूलाई आश्वस्त पारे। उता राजतन्त्रवादीको यात्रा जानकी मन्दिरबाट सुरु भयो। पूर्व युवराज पारस पनि नागरिकको भूमिकामा वीरगंजमा देखा परे। उनले पनि राजतन्त्रबारे हाँस्दै निर्णय गर्ने जनता भनेर प्रश्नको उत्तर दिए। रेड कार्पेटमा हिंडे। मन्दिर पुगे, अर्चना गरे।
जेठ २, २०६७ का दिन पूर्वयुवराज्ञी हिमानी शाहले गोरखाको मठ मन्दिरमा पूजा अर्चना गरिन्। कुलबुहारीले गोरखामा पूर्वजहरूको पदचिह्न खोजिन शायद। फेरि पूर्वराजा ज्ञानेन्द्र नागरिक बनेर पुगे नेपालगंजका बासिन्दाबीच। भीडै-भीडभित्र ज्ञानेन्द्र शाह पर्ूण्ा नागरिक बने। जनताको इच्छा बुझे। भीडबाट शायद सुने राजा आऊ देश बचाऊ। मन अलि शान्त भयो होला उनको त्यसबेला। तर नारालाई गणतन्त्रवादीहरूले सुन्न चाहेनन्। किनभने, गणतन्त्रवादीहरू त्यस बेलासम्म मात्र हैन, यस बेलासम्म पनि राजीनामा र आयु थप्न नै व्यस्त भएका छन्।
हिजोसम्म पूर्वराजा र उनका परिवार जङ्गलभित्रको दरबारभित्र बस्ने, आज नागरिकहरू बीच चलमलाउन थालेका छन्। यसै क्रममा अर्का नागरिक कमल थापाले संवैधानिक राजतन्त्रको पक्षमा आफनो पार्टीको आधिकारिक धारणा रहेको भन्न सड्ढोच मानेका छैनन्। आन्दोलन र क्रान्तिपश्चात् राजतन्त्र समाप्त भइसक्दा पनि राजतन्त्रवादीहरू खुलेर, निर्धक्क राजतन्त्रको पक्षमा राजालाई गुहार्दै आऊ र देश बचाऊ भन्न पछि परेका छैनन्। केही दिनपूर्व माओवादी नेता डा. बाबुराम भट्टर्राईलेसमेत गणतन्त्रवादीहरूको ध्यान आफूले व्यक्त गरेका शब्दहर्रूतर्फ केन्द्रित गराएका थिए- ँराजनैतिक पार्टीहरूबीच कलह भइरहे राजतन्त्रवादीको आगमन हुन सक्छ।’ यस्तो अवस्था राजनैतिक वृत्तमा राजतन्त्रवादीहरूको दिनहुँ भइरहँदा पनि सरकार मौन बसेको छ। सरकारको मौनतालाई अध्ययन गर्दा राजतन्त्रवादीले विरोध वा व्रि्रोह गर्नुपर्ने आवश्यकता नै देखिंदैन जस्तो भान हुन्छ। सरकार अस्थिर र अराजकतातिर अघि बढी रहे क्रमशः पूर्वराजा अब जनकपुरमा मात्र हैन, कान्तिपुरमा देखा पर्नेछन्, एउटा नागरिक बनेर।
राजतन्त्रवादीहरूको सुषुप्त व्रि्रोह सुरु भएको छ। सरकारले यसलाई जुनसुकै अर्थमा लिए पनि वास्तविक कसैले पनि लत्याउन सक्तैन। यदि यस्तै अवस्था र गति अथवा मति सरकार र विपक्षको भइरहे गणतन्त्रवादभित्र विरोध सुरु भइसकेकोलाई सरकारले स्विकार्नुपर्ने छ।
एकातिर राजतन्त्रवादीहरू नागरिक बनी जनतामाझ देखा परेका छन् भने अर्कोतिर साम्यवादी अर्थात् माओवादीको रणनीति क्रमशः गणतन्त्रलाई चुनौती दिने स्वभावमा प्रयुक्त हुन थालेको छ। किनभने माओवादीको गणतन्त्र जनगणतन्त्र हो, जुन काङ्ग्रेस र एमालेको गणतन्त्रको स्वभावभन्दा फरक, त्यसमा पनि माओवादीले तेस्रो जनान्दोलनको स्वरूपलाई मनन गर्दा निश्चय पनि गणतन्त्रभित्र अधिनायकवाद प्रवेश गर्ने लक्षणहरू देखापर्ने देखिन्छ।
यसरी आज नेपाल मूलतः र्एर्क्टको बेलाको जर्मनीजस्तै बन्न पुगेको छ। यस्तो अवस्थामा सरकार निरीह बन्नु भनेको राजनैतिक अवस्थालाई झन् तरलतातिर उन्मुख गराउनु हो। सङ्क्रमणको अवस्थामा मात्र सरकार परिवर्तन भएर सरकार सामु मागहरूको लिस्ट थुपारेर यदि निरीह बनाउने धृष्टता गरिन्छ भने सरकार हैन राष्ट्र पर्ूण्ातया कमजोर बन्न सक्छ। त्यसैले जुनरूपबाट र्एर्क्टले जर्मनीमा दुवैथरिको विरोधको सामना गरे त्यस्तै सामना भोलिका दिनमा माधव नेपालले गर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ। राष्ट्रलाई सङ्क्रमणको भुमरीबाट जोगाउन शासकमा इच्छाशक्ति र प्रबल प्रतीक्षा अपेक्षति छ। तर के अब नेपालको तस्बिरमा साँचो अर्थमा र्एर्क्टजस्तै शक्ति हर्ेन वा देख्न सकिने छ त - यो त सबैले बुझेकै छन् परिस्थितिले व्यक्तिलाई जन्माउने गर्दछ र परिस्थितिले नै पतन पनि गराउँछ। यस अर्थमा कसरी विश्वस्त भई भन्ने नेपालमा व्यक्तिलाई परिस्थितिले जन्माउँछ भनेर। व्यक्तिलाई समयले नै सद्बुद्धि दिन्छ र एक युगमा मात्र एउटा युगपुरुक्षले जन्म लिने गर्छ। नेपालको वर्तमान अवस्थामा त्यो युगपुरुक्षको जन्म भइसकेको छ भनेर कसरी आश्वस्त हुने ?