नेपालीहरूलाई सीप नजानेको, अदक्ष आदि इत्यादि के-के भनिन्छ के-के। तर यसो नियालिहर्ेदा नेपालीहरूमा जति बुद्धि र विभिन्न समस्याहरूबाट निस्कन सक्ने जुक्ति छ त्यसको सही र सकारात्मक प्रयोग हुने हो भने नेपाललाई प्रगतिको पथमा लम्कन थोरै मात्र समय लाग्छ। समस्या के छ भने तमाम बुद्धि र सीप राष्ट्र र समाजलाई अधोनतितिर डोर्याएर व्यक्ति आफू उन्नतितिर लाग्ने जमर्को गर्दछ। भर्खरै बारा जिल्लाको एउटा घटना प्रकाशमा आयो। सरकारले शिक्ष्ँामा आँखा चिम्लेर पैसा खन्याइरहेको बेला बगिरहेको गङ्गामा हात धुने बुद्धि कसरी एउटा सामान्य व्यक्तिले झिक्यो र बाँडीचुँडी खाने सीप विकसित गर्यो सुन्दा अचम्म लाग्छ। पञ्चायतकालमा एउटा नारा जनज्रि्रोमैं बसेको थियो- मिलीजुली बसौं, बाँडीचुँडी खाउँ। अर्थात् देशका जति बाठाहरू छन्, कुनै विवाद गरी सँगै बसौं र राष्ट्रको सम्पत्ति आपसमा गच्छेअनुसार बाँडेर खाउँ। हुन त पञ्चायतकालमा यो कुरा उपल्लो तहका व्यक्तिहरूमा मात्र लागू थियो, तर अहिले देशमा गणतन्त्र आइसकेको हुनाले सामान्य जनतामा समेत विकसित भएको छ। शर्त एउटै छ, व्यक्ति बाठो हुनुपर्छ,बुद्धि खियाउनमा पारङ्गत हुनुपर्छ।
सरकारले सबै नागरिकलाई साक्षर बनाउने अभियान चालेको छ। जुन विद्यालयमा जति बढी विद्यार्थी हुन्छन्, तिनले त्यतिकै अनुदान पाउँछन्। बढी विद्यार्थी भर्ना गर्न मेहनत त गर्नै पर्यो। तर मेहनत नगरीकनै बढी विद्यार्थी भर्ना होऊन् र अनुदान प्राप्त होस्, साथै अनुदान रकम विद्यार्थीमा होइन आफ्नो गोजीमा हाल्न पाइयोस् भनेर जुन जुक्ति र्सवसाधारण बाठाहरूले झिके त्यो बडो रोचक छ। प्रधानाध्यापकहरूले विद्यार्थी भर्ना गर्न कुनै जाँगर चलाएनन्। बरु भर्ना अभियानका लागि प्राप्त रकम खाइदिए र हाजिरी रजिस्टरमा गाउँका भएभरका केटाकेटीहरूलाई भर्ना गरिदिए। सरकार दङ्ग, जिल्ला शिक्षा कार्यालय पनि दङ्ग। किनकि राष्ट्रिय अभियान पूरा हुने भयो। र ती भर्ना नगरिएका विद्यार्थीहरूबापत आउने अनुदान रकममा विद्यालयका पदाधिकारी-शिक्षकदेखि व्यवस्थापन समिति र शिक्षा कार्यालयका कर्मचारीहरूले, व्यक्तिमा निहित बठयाइँ अनुसार, बाँडेर खाए। यी बाठाहरूलाई पनि मात गर्दै एकजना व्यक्तिले एउटा काल्पनिक विद्यालय खडा गरे। काल्पनिक विद्यार्थीहरू पनि भर्ना गरे र शिक्षा कार्यालयबाट महिनैपिच्छे अनुदान रकम हात पार्न थाले। यहाँ न अन्य शिक्ष्ँकहरू छन् न व्यवस्थापन समिति। मात्र एकजना शिक्षक र शिक्षा कार्यालयका कर्मचारी। भागशान्ति दुइ थरीमा मात्र बाँडियो।
यस्तो खाले बठयाइँ, स्कूल जान नमान्ने विद्यार्थीलाई फकाउन, स्कूल नपठाउने अभिभावकलाई रिझाउन प्रयोग गरिने हो भने यो सानो मुलुकलाई प्रगतिपथमा अग्रसर हुन कति नै दिन लाग्ला - यस्ता बाठाहरूलाई मनग्गे पैसा दिएर योग्यतम राष्ट्रसेवी बनाएर काममा जोताउने हो भने सरकारको अभियान वास्तविकरूपमा सफल र नागरिकलाई शिक्ष्त बनाउने अभीष्ट पनि फलिभूत हुने थियो। तर उल्टो राष्ट्रको पैसा खेर जाने, नागरिक अपठित नै रहने र देशमा नयाँ-नयाँ भ्रष्टाचार मौलाउने तथा मिलीजुली देशलाई डुबाउने काम मात्र भइरहेको छ।