-जीतलाल श्रेष्ठ-
निजगढ-९ मा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना हुंदा निकै हषिर्त भएका छिमेकी जिल्ला रौतहट र मकवानपुरका ग्रामीणबस्तीका बासिन्दा स्वास्थ्य केन्द्रमा डाक्टर नहुंदा बिरामीको उपचार गराउन अन्यत्र जान बाध्य छन्।
करिब डेढ दशकपहिले स्थापित उक्त स्वास्थ्य केन्द्रमा लगभग ९ महिनादेखि डाक्टर छैन। २०६३ पुसमा केन्द्रमा दरबन्दी पाएका डाक्टर राजदेव कुशवाहा सरकारी कोटामा अध्ययनका लागि बिदा लिएर गएका थिए। उनको अध्ययन सकिए पनि स्वास्थ्य केन्द्रमा नफर्किएपछि यो स्वास्थ्य केन्द्र डाक्टरविहीन हुन पुगेको हो। पछि केन्द्रमा विजयकुमार जयसवाललाई करारमा भर्ना गरियो । करिब ३ महिना काम गरी उनी नियुक्ति लिएर कलैया गए। सुरुमा स्वास्थ्य केन्द्रमा दैनिक ३५ देखि १ सयसम्म बिरामीहरू आउने गरेका थिए तर डाक्टर नै नभएपछि रुघा, खोकीलगायत साधारण बिरामी मात्र दैनिक १० देखि १५ जना आउने गरेका केन्द्रको अनमी सोना शर्माले बताइन्।
अस्पताल दिनभरि खुला हुन्छ तर बिरामी आउंदैनन्, डाक्टर नभएकै कारण बिरामी नआएको केन्द्रका ल्याब असिस्टेन्ट सुमन चौधरीले भने प्रस्ट पारे। केन्द्रको झन्डै १६ कठ्ठा क्षेत्रफलमा ४ वटा पक्की आधुनिक भवन छ। केन्द्रका २ वटा ठूला भवनमा २२ वटा कोठा छ। यी कोठा र उपचार सामग्री डाक्टर नहुंदा बन्द र प्रयोगविहीन भएका छन्।
यसरी लामो समयसम्म उपयोगविहीन रहंदा कोठा र उपकरण पनि जीर्ण हुंदै गइरहेका छन्। उपकरणहरू प्रयोगमा ल्याउन सके सही हातलमा रहन्छ, थन्क्याएर राख्दा जीर्ण र काम नलाग्ने हुन सक्ने केन्द्रका सहायक हेल्थ असिस्टेन्ट रमेश लामाले बताए। डाक्टरको दरबन्दी मिलाउन प्रयास गर्दा बल्ल-बल्ल केही साताभित्र स्टाफ नर्स आउने पक्का पक्की भएको स्वास्थ्य केन्द्र समाल्दै आएका लामाले बताए। बिरामी जांच्ने उपकरणदेखि बेडहरूसमेत बिरामीको अभावमा प्रयोगविहीन मात्र होइन, फोहोर हुंदै फाट्न थालेका छन्। आर्थिक अवस्था कमजोर भएका बिरामीहरू डाक्टर आउने आशामा दिन दिनै केन्द्रमा धाउने र निराश घर र्फकन विवश छन्।
ग्रामीणस्तरमा निकै सुविधासम्पन्न रहेको यो प्राथमिक स्वास्थ्य केन्द्र आफैं थलिएर बिरामी परेको महिनौ भइसक्दा पनि सम्बन्धित निकाय र सरकारको ध्यान जान सकेको छैन। स्थानीय राजनैतिक दलका प्रतिनिधिहरूमा त समाजसेवालाई तल्लोस्तरको काम ठान्ने मानसिकता नै विकसित भइसकेको छ। प्रत्येक गाविसमा सरकारले डाक्टर तथा स्वास्थ्यकर्मी सहजरूपमा उपलब्ध गराउनुपर्नेमा डाक्टर तथा अनुभवी चिकित्सकको अभावमा भरपर्दो उपचार नहुने भएकै कारण यहां आउने विरामीहरू वीरगंज, भरतपुरलगायत ठूला शहर-बजार जान विवश भएका छन्। केन्द्रमा डाक्टरसहित १३ जनाको दरबन्दी रहे पनि हाल ६ जना मात्र स्वास्थ्यकर्मीहरू कार्यरत छन्। निजगढ, छिमेकी गाविस तथा जिल्लाका करिब डेढ लाख गाउंलेहरूको विश्वास जित्दै यो केन्द्र स्वास्थ्योपचारको मामिलामा आस्थाको केन्द्र कहिले हुने हो। यसका लागि केन्द्रमा कार्यारत स्वास्थ्यकर्मी, निजगढका बासिन्दा, स्थानीय राजनैतिक दल, समाजसेवी, बुद्धिजीवीहरू इमान्दारीपूर्वक लाग्नुपर्ने देखिन्छ।