खडेरी परेको बेला शीतल पानीको बाछिटाले मनलाई हर्षित तुल्याएझैं जीवनेश्वर जगतमोहन ट्रस्टको एउटा सानो कार्यक्रमले वीरगंजको पुरानो पुस्तालाई सुखद अनुभूति प्राप्त भएको छ। खाशगरी वीरगंजमा शिक्षा र शिक्षालय आरम्भ गर्ने भारतीय मनीक्षी जीवनेश्वर मिश्र र शिक्षाको जग बलियो बनाउन अहोरात्र समर्पित जगतमोहन अधिकारीको सम्झनालाई समकालीन पुस्ताले आज पनि समाजको धरोहर नै ठानेको छ। जीवनेश्वर मिश्र माध्यमिक विद्यालयका शिक्षक थिए तर शिक्षा दान गर्नु मात्र उनको अभीष्ट थिएन, त्रिजुद्ध हाइस्कूल र नेपाल राष्ट्रिय विद्यापीठ श्रीपुर साथै ठाकुर राम कलेजको स्थापना उनको शैक्षकि भावभूमिमा मात्र पल्लवित भएको थियो। जीवनेश्वर मिश्रले वीरगंजमा शिक्षाको जग बसाले भने त्यस जगमा निर्मित भवनमा बस्ने मानिसहरूस विद्यार्थी-शिक्षक, शैक्षकि कर्मचारीहरूमा संस्कारको बीजारोपण जगतमोहन अधिकारीले गरे। त्यसैले आज शिक्षालगायत समाजको हरेक क्षेत्रमा व्याप्त अराजकताका बावजुद वीरगंज शैक्षकि गतिविधिको केन्द्र बन्दै गइरहेको छ।
जगतमोहन अधिकारीका समकालीन र उनका उत्तराधिकारी डा. मोहनप्रसाद लाखे जीवनेश्वर मिश्रको शिष्यसमेत रहेका व्यक्ति हुन्। डा. लाखेले यी दुइ शिक्षास्तम्भको सम्झनालाई दिगो राख्न र नयाँ पुस्ताले पनि यिनको योगदानबारे बुझन सकोस् र कदर गर्न सकोस् भन्ने उद्देश्य लिएर जीवनेश्वर जगतमोहन ट्रस्टको स्थापना गरी पर्सा जिल्लाको ग्रामीण क्षेत्रका विद्यार्थीले उच्च शिक्षामा हासिल गरेको उपलब्धिका लागि पाँच-पाँच हजारको दुइवटा छात्रवृत्ति स्थापना गरी गुरुजनलाई सम्मान गर्ने परिपाटी आरम्भ गरेका छन्। हुन त आजको अर्थको हालीमुहाली भएको युगमा पाँच हजारको रकम केही होइन, तर एकल प्रयासबाट यति पनि सहयोग प्राप्त हुनु र यस क्षेत्रका दुइ शैक्षकि पुरोधाको सम्झना गर्ने, त्यो रकम माध्यम बन्न सक्नु, निकै सराहनीय र अनुकरणीय कार्य हो। आज शैक्षकि क्रियाकलापमा देखिएको अव्यवस्था र उच्छृङ्खलता, शिक्षकहरूले आप\mनै मात्र हित हेरी विद्यार्थीको भविष्यलाई भवितव्य बनाइदिने गरेको संस्कारबीच, अनथक वैयक्तिक परिश्रम र र्सवस्व लगाइदिने ती मनीक्षीहरूको गतिविधिले खस्कँदो शैक्षकिस्तरको विरोधाभास चाहिं र्छलङ्ग पारिदिन्छ ।
वीरगंजको शैक्षकि वातावरणलाई त्यही युगको शैलीमा विकसित तुल्याउन, जीवनेश्वर मिश्रको जीवनी, जगतमोहन अधिकारीको कार्यशैलीबारे शोध हुनु आवश्यक छ। आजका समर्पित शिक्षकहरूलाई हौस्याउँदै शिक्षाको स्तर अझ उकास्न यी शिक्षास्तम्भहरूको नामबाट पुरस्कारको पनि स्थापना हुनु प्रियकर हुनेछ। हुन त पुरस्कार र सम्मान आज कागजको खोस्टा मात्र मानिन्छ, यदि त्यसलाई नगदले झानिएको छैन भने, र यो एकल प्रयासबाट सम्भव पनि हुँदैन। वीरगंज जहाँ सरस्वतीको वासस्थान हो त्यहीं लक्ष्मीले पनि कृपा बर्साएको ठाउँ हो। लक्ष्मी र सरस्वतीको एकै ठाउँमा उपस्थिति विरल घटना हो, जुन वीरगंजले प्राप्त गरेको छ। तर्सथ वीरगंजका शिक्षाप्रेमीहरूले होस्टेमा हैंसे गरेर यस ट्रस्टलाई र्समर्थ तुल्याउनु र शिक्षा क्षेत्रमा योगदान दिने शिक्षक, विद्यार्थी, शिक्षाप्रेमीका लागि अनुकूल वातावरण बनाउन र थुप्रै-थुप्रै पुरस्कार, सम्मान, प्रशंसा प्रदान गर्न सक्नेयोग्य सक्षम तुल्याउनु आवश्यक छ।