सत्य त्यही हो, जुन शुभ छ, कल्याणकारी छ, जसबाट जनहित हुन्छ । न्यायोचित भलाइका सबै कार्य सत्य हुन् । प्रत्येक व्यक्तिले सत्य र न्यायको मार्ग अवलम्बन गर्नुपर्छ। न्याय र सत्यको पक्ष लिने मानिस महामानव हुन्छ। अनेक महापुरुषहरूको जीवनमा अनेकौं कठिनाइहरू आए, तर उनीहरूले सत्यको पक्ष छाडेनन्। परिणाम के भयो, त्यो महत्त्वपूर्ण होइन। महत्त्वपूर्ण के हो भने उनीहरू कति बहादुरी र साहसका साथ सत्यको पक्षमा उभिइरहे। प्रत्येक कहानीको अन्त के होस् भने अन्ततः उसले जित्यो, ऊ आखिरसम्म सत्यको पक्ष्ँमा लडिरहयो।
सत्यको पक्ष्ँमा संघर्ष गर्दै मानिसले मात्र जीवन बलिदान दिएको छैन, पशुपक्ष्ँीहरूले पनि यस सत्य-यज्ञमा आफनो आहुति दिएका छन्, जसको गाथा युग-युगसम्म जीवन्त रहने छ। पक्षी जटायुलाई रावणले अपहरण गरेको नारी को हुन् भन्ने थाहा थिएन, तर उसलाई के थाहा थियो भने रावण ऊभन्दा शक्तिशाली छ, ऊसंग तलबार पनि छ, यति कुरा थाहा पाउंदा-पाउंदै पनि ऊ रावणसंग भिडयो। पूर्ण शक्ति र सामर्थ्यले लडयो र अन्ततः घाइते भयो । सत्यको पक्षमा बलिदान दिनेले उपलब्धि पनि उच्चस्तरको प्राप्त गर्दछ। भगवान् राम आए, आफनो शिरको जटाले जटायुको शरीर पुछे। जसको चरणको धूलो टाउकोमा लगाउन ऋषि-मुनि-तपस्वी आफनो सौभाग्य ठान्छन्, उनको शिरको जटाले जटायुको शरीर पुछिरहेको थियो। भगवान्को काखामा बसेर उनको दर्शन गर्दै प्राण त्याग गर्ने सौभाग्य जटायुलाई प्राप्त भयो। भगवान् रामले जटायुको अन्तिम संस्कार गरे। यो सौभाग्य त रामका पिता दशरथले पनि प्राप्त गर्न सकेनन्। सत्यको पक्षमा जटायु भएकोले अन्तमा रावण सपरिवार मृत्युको मुखमा गयो।
सत्यका लागि मीराले संघर्ष गरेकी थिइन्। मीराको जीवन भगवान्को भक्ति, साधुसेवा जस्ता सत्कार्यहरूका लागि समर्पित थियो। परिवारजन व्यवधान उत्पन्न गर्दथे। उनीहरूले विष दिएर, सांप पठाएर अनेक उपायले मीरालाई हानि पुर्याउने कोशिश गरे, तर सत्यपथको यात्री आफनो मार्गबाट कहां विचलित हुन्छ। मीरा सन्त तुलसीदासलाई भित्री मनले आफनो गुरु मान्दथिन् उनले पत्र लेखेर यस्तो अवस्थामा के गर्ने भन्ने जिज्ञासा व्यक्त गरिन्। उनको पत्रको उत्तरमा गोस्वामी तुलसी दासले जो व्यक्ति राम रसीता
-भगवान्) को आलोचक छ, त्यो जतिसुकै प्रिय भए पनि उसको स·त तत्काल छाडिदिन आग्रह गर्दै लेखे- प्रह्लादले बाबुको त्याग गरे, भरतले आमा कैकयीको त्याग गरे, विभीषणले दाजु रावणको परित्याग गरे राजा बलिले गुरुको परित्याग गरे।
यहां राम र सीता सत्यका प्रतीक हुन्, दुवै अनेक कठिनाइका बावजुद असत्य र अन्यायका सामु निहुरेनन्, र्समर्पण गरेनन्। त्यसैको परिणाम हो कि दस अवतारमध्ये रामलाई श्रेष्ठतम अवतार मानिन्छ, जसप्रति सबभन्दा बढी मानिसलाई श्रद्धा छ र जो मर्यादाको संरक्षक, अर्थात् मर्यादा पुरुषोत्तम हुन्। पिता, दाजु, आमा, गुरु र पतिको आज्ञा पालन गर्ने निर्देश नीतिशास्त्रमा दिइएको हुन्छ, तर असत्य र अन्यायको पक्ष लिन आज्ञा दिने सम्बन्धीहरूको पनि परित्याग गर्ने निर्देश सन्त तुलसीदासले मीरालाई दिए। भक्त प्रह्लादका बाबु हिरण्यकशिपु स्वयंलाई भगवान् मान्दथ्यो र छोरालाई आफनो नाम भज्ने आज्ञा दिन्थ्यो, जसको अवज्ञा प्रह्लादले गरे र नृसिंह अवतार लिएर भगवान्ले हिरण्यकशिपुको अत्याचारबाट संसारलाई मुक्त गरेर समाजको कल्याण गरे। पिताको अवज्ञा कल्याणकारी सिद्ध भयो। विभीषणले दाजु रावणको आज्ञा मानेनन्। लात खाएर, अपमान सहेर पनि रामको शरणमा पुगे र सत्यको पक्ष लिए। अन्ततः रावणलाई मारेर भगवान्ले दुनियांलाई रावणको अत्याचारबाट मुक्त पारे।
भरतकी आमा कैकयीले भरतलाई राजगद्दीमा बसेर राज्य सञ्चालन गर्ने आज्ञा दिइन्, तर भरतले आमाको आज्ञा मानेनन्, सत्यको पक्ष लिए, दाजु रामलाई राजगद्दीमा बस्ने अनुरोध गरे, र नमानेपछि रामको खडाउं राजसिंहासनमा राखेर स्वयं १४ वर्षम्म नन्दीग्राममा बसी तपस्या गरे। भरतले सत्यको पक्ष्ँ लिएको हुंदा राम-भरतको भ्रातृप्रेम संसारमा आदर्श बन्यो, अनेक प्रेरणाको स्रोत बन्यो। राजा बलि यज्ञोपरान्त दान दिइरहेका थिए। भगवान्ले बालकको रूप धारण गरी दान मागे। गुरु शुक्राचार्यले राजा बलिलाई दान दिने वचनबद्धता नगर्न आज्ञा दिए। तर सत्यको पक्ष्ँ लिएर राजा बलिले दान दिए।
कसैले यदि सत्य र न्यायको पक्षमा रहने प्रतिज्ञा गर्दछ भने यसमा कुनै अनर्थ छैन। महान् योद्धा भीष्म पितामहले आफनो बुवाको कामेच्छापूर्तिका लागि स्वयं आजीवन अविवाहित रहने र राजगद्दीको पक्षमा बस्ने प्रतिज्ञा गरेर ठूलो भूल गरे। उनले सत्यको पक्ष्ँ लिएनन्। पिताको गलत इच्छापूर्तिका लागि प्रतिज्ञा गर्नु उनको भूल थियो। दोस्रो भूल उनले राजगद्दीको पक्षमा रहने गरे। यिनै असत्य प्रतिज्ञाले गर्दा धृतराष्ट्र र दुर्योधनले अनीति र अत्याचार फैलाए । उनीहरूलाई भीष्म पितामहको वीरता र शक्तिबारे थाहा थियो। साथै प्रतिज्ञाबद्ध भएका हुनाले हामीलाई छाड्न सक्दैनन् भन्ने पनि थाहा थियो। त्यसैले उनीहरू निरङ्कुश भए। विस्तारै उनीहरूको अनीतिपूर्ण कार्यप्रति मोह बढ्दै गयो। लाक्षागृह बनाउने, धोखाले जुवामा हराएर द्रोपदीको अपमान गर्ने, पाण्डवहरूलाई वनवास पठाउनेजस्ता अनेक अत्याचार उनीहरूले गरे, किनकि भीष्म पितामह उनका साथ थिए। उनैको बलमा महाभारत युद्ध जित्ने कुरामा उनीहरू ढुक्क थिए, भीष्म पितामहको एउटा भूल महाभारत युद्धको कारण बन्यो। यदि उनले आप\mना बुवाको गलत इच्छापूर्तिका लागि आजीवन अविवाहित रहने प्रतिज्ञा नगरेको भए स्वयं राजगद्दी सम्हाल्ने थिए र यदि राजगद्दीको पक्षमा रहने प्रतिज्ञाको साटो सत्य र न्यायको पक्षमा रहने प्रतिज्ञा गरेको भए दुर्योधन र दुःशासनको द्रोपदीको वस्त्र हरण गर्ने हिम्मत हुने थिएन। उनको एउटा भूल, गलत प्रतिज्ञा, असत्यको पक्ष नारी अपमानको कारण बन्यो।
भीष्म पितामहको यो भूल जहां एउटा ठूला दुर्घटनाको कारण बन्यो त्यहीं आउने पीढीका लागि मार्गदर्शक पनि बन्यो। यस घटनाबाट प्रेरणा, मार्गदर्शन प्राप्त गरेर अब कसैले पनि कुनै पनि परिस्थितिमा सत्ताको पक्षमा रहने प्रतिज्ञा गर्ने भूल गर्नुहुंदैन। प्रतिज्ञा हमेशा सत्य र न्यायको पक्षमा रहने गर्नुपर्छ। श्रद्धा आदर्श र सिद्धान्तप्रति हुनर्ुपर्छ, व्यक्तिप्रति होइन। जब सत्तालाई लाग्दछ कि उसको पक्षमा ठूलो सङ्ख्यामा यस्ता मानिसहरू छन् जो प्रत्येक परिस्थितिमा सत्ताको पक्षमा रहन्छन् भने सत्ता निरङ्कुश हुन पुग्छ र जे पनि गर्न थाल्छ। आफनो अहम् पूर्तिका लागि वित्तैषणा, लोकैषणाको पूर्तिका लागि सत्ताको दुरुपयोग हुन थाल्छ, नातावाद-कृपावाद फैलन थाल्छ। अयोग्य भएर सत्तामा आउने अवसर त्यस्ताले प्राप्त गर्न थाल्छन् ।
राजनीतिक क्षेत्रमा कुनै नेताको लोकप्रियता अथवा जातिवादको सहारा लिएर बनेका स·ठन, धार्मिक क्षेत्रमा श्रद्धाको कारण बनेका स·ठन परम्परागत प्रतिबद्धताका कारण जन र्समर्थन र लोक श्रद्धाको दोहन गर्न थाल्दछन्। तर बठयाइं र अन्ध श्रद्धा होइन, प्रखर प्रज्ञा र सजल श्रद्धाको समन्वित रूप नै वरेण्य हुन्छ। प्रखर प्रज्ञा -बुद्धि विवेक) को अभावमा श्रद्धा अन्धश्रद्धा बन्न पुग्दछ। बठयाइं होइन सद्विवेक चाहिन्छ। बठयाइंको बलमा तर्क बुद्धि असत्यलाई सत्य र सत्यलाई असत्य सिद्ध गर्न थाल्दछ। सत्य-असत्य र न्याय-अन्यायको निर्णय गर्नका लागि प्रखर प्रज्ञा (सद्विवेक) र सजल श्रद्धा
(सद्भावना) को सहारा लिनुपर्छ। बठयाइं र अन्ध श्रद्धा वरेण्य हुन सक्दैन।